सुलसुलेवर्षोत्कृष्ट छन्दकविता पुरस्कार
अभिनव साहित्य समाजले १५४ औँ शृङ्खला सम्पन्न गरेको छ । यस अन्तर्गत साहित्यकार बद्रीनाथ आचार्यको नाममा स्थापित छन्द कविता पुरस्कारबाट यस वर्ष काभ्रेपलाञ्चोक जिल्लाकी कवि उर्मिला कोइराला आँसु सम्मानित हुनुभएको छ । उहाँलाई रु. ३०००। नगद र सम्मानपत्र अर्पण गरिएको छ ।
समारोहमा उपस्थित कविहरूमध्ये ४५ जनाले कविता वाचन गरेका थिए । वाचन गर्नेहरूमध्ये सुदेश सत्याल, बिन्दा खतिवडा, निर्भिक राई, मिलन समीर र विपीन तुफानका रचनाहरूलाई प्रोत्साहित पुरस्कार प्रदान गरिएको थियो ।
सहभागी कविहरूमा विवेक विषालु, तिलश्मी प्रभास, मदन सिवाकोटी, थरेन्द्र बराल, ब्रह्मप्रिय, धनश्याम, रामचन्द्र, सादा, डिल्ली मुलतिहुन, उज्वल, सुनिल, मेनका, वनबासी, ईश्वर, मुस्कान, सुमन, बाजुराम, पुण्य गौतम, रत्ननिधि, अभागी, भावुक, रामशरण, सरस्वती, एबी राई, शान्तिनारायण्ँ, उर्मिला पन्त, दुर्गा, माधव परियार, बुद्धरत्न शाक्य, महर्षि, बसन्तपुरे, पहाडी, शिवप्रसाद, धर्मरत्न, सुनिता नेपाली, गीता मञ्जरी आदि हुनुहुन्थ्यो ।
कार्यक्रमको प्रमुख अतिथिमा कवि भुवनहरि सिग्देल र सभापतित्व प्रकाशमणि दाहालले गर्नुभएको थियो । समाजका अध्यक्ष वेदमणि घिमिरेले साहित्यकार बद्रीनाथ आचार्यको कृतित्व र व्यक्तित्वका विषयमा प्रकाश पार्नुभएको थियो । समाजका सचिव परशुराम पराजुलीले समग्र कार्यक्रमको समीक्षा गर्नुभएको थियो भने उद्घोषण शारदा प्राजुलीले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































