गौरी प्रधाननागरिकता र आमा !
जन्मदिने
आमाको नाममा
नागरिकता खोज्दा
तिमीले तिम्रो राष्ट्रियता
जोखिममा देख्छौ
ख्वै तिम्रो
आमा प्रतिको आस्था ?
ख्वै तिम्रो
आमा प्रतिको भरोसा ?
माता र मातृभूमीको
राष्ट्र र राष्ट्रियताको
ठुल्ठुलो डिङ हाँक्छौ
तर आमासँगको
तिम्रो रक्त नाता
नागरिकतामा पोख्दा
तिमी तिम्रो देश
सङ्कटमा देख्छौ
छातीमा हात राखेर भन
के यो देशका नदीहरू
तिम्री आमाले सुम्पेका हुन् र ?
के यो देशका चुरेहरू
तिम्री आमाले नङ्ग्याएकी हुन् र ?
यदी तिम्रो नशामा
अलिकति पनि आमाको
रगत बगेको छ भने
जगाऊ तिम्रो मात्रृभक्ति
जगाऊ तिम्रो राष्ट्रभक्ति !!
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest









































