साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मझेरी प्रतिभा साहित्य सम्मान घोषणा

Nepal Telecom ad

हाम्रो मझेरी साहित्य प्रतिष्ठानको २०७१ पुष १९ गते बसेको बैठकले हाम्रो मझेरी प्रतिभा साहित्य सम्मान २०७१ विभिन्न स्रष्टालाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रा.डा. नारायणप्रसाद खनाल चितवन, कवि उज्वल जी.सी., पोखराकी प्रतिभाशाली कवयत्री सरस्वती श्रेष्ठ सरु र झापाका साहित्यकार तथा पत्रकार भुपेन्द्र तिम्सिनालाई प्रदान गरिने निर्णय गरिएको हो ।

यसैगरी नेपाली गजलको एउटा विशिष्ट कृति अक्षरहरूको पिरामीड संयुक्त गजल सङ्ग्रहको विमोचन सोहीसमारोहमा गरिनेछ । गजलकार भाष्कर काजीको ‘उल्टो ताली’ गजल सङ्ग्रह, कमल अर्याल धादिङेको ‘तिमी आउनु अघि’ गजलसङ्ग्रह, कल्पना पौडेल जिज्ञासुको ‘जून हराएको रात’ गजलसङ्ग्रह र प्रकाश किरणको ‘अजनवी’ गजलसङ्ग्रह सँगै हाम्रो मझेरी साहित्यिक पत्रिकाको ५२ औँ अङ्क कविता विशेषाङ्कको पनि विमोचन गरिनेछ ।

समारोहमा यस वर्षको गजलरत्न पुरस्कारबाट हङकङ निवासी गजलकार बज्रकुमार राई थुलुङको गजलसङ्ग्रह ‘हत्केलाको आगो’लाई र गजलश्री पुरस्कार काठमाडौंकी गजलकार राधिका कुइँकेल खनालको ‘मौन आकाश’लाई प्रदान गरिने निर्णय गरिएको छ ।
–अरुणबहादुर खत्री ‘नदी’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x