साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यक्ष प्रश्न : दुई

Nepal Telecom ad

ऊ कार्टून हेर्छ
मोटु–पत्लु जेनेरेसको
मेरो सानो छोरो
आकाशमा उडिरहेका चराहरूलाई
आफ्नो सानो औँलाले देखाउँछ
र कार्टुनीकरण गर्छ तुरुन्तै
हम्मे हम्मे पार्छ मलाई
उसकी आमालाई हम्मे हम्मे पार्छ,
ऊ सधैं सधैं प्रश्नवाचक अनुहार लिएर उभिन्छ
मेरै अघिल्तिर
म सधैं सधैं नाजवाफ हुन्छु ।
स्कुलबाट फर्कंदा
जुन फुल्दै गर्दा माथि आकाशमा
मानिसहरूका हातमा आगो फुलेको देख्छ
उसले कतै पढेको प्रमिथसको आगो
किन झुटको साक्षी बसीरहेछ ?
ऊ बुझ्ने भएपछि सोच्छ होला
यी तथाकथित आधुनिक प्रमिथसहरूको हातमा यो आगो
बेअर्थको लाग्न सक्छ उसलाई
जस्तो कि
आफनो टेडीलाई
जाडोबाट बचाउन
लगाइदिएको छ उसले आफ्नै कमिज…
प्रत्येक दिनको अग्निश्पर्शले अभ्यस्त छ मेरो सड़क
अभ्यस्त छौँ हामी,
सानो छोरो त्यही सडक टेकेर सपना लखेट्छ ।
कहिलेकाहीँ बलेनन् भने टायरहरू
सोध्छ–
“आज यो सडकमा किन केहि गन्हाउँदैन बाबा ?”
देखेन भने मान्छेहरूको जुलुस
सोध्छ–
“बाबा ! खोइ त आज अङ्कलहरूको एसेम्ब्ली ?”
अवाक् भएर जो कोही बाबु
मर्न सहज ठान्दो हो
देखाउनु भन्दा विदीर्ण र घिनलाग्दो देश
आफ्ना सन्ततिलाई
टिभीको रिमोट समातेर
आँखैमा टाँसेर स्क्रिन
छोरो जब चिच्यायो एक्कासी
“कस्तो खतरा रेस्लिङ् !
ग्रुप फाइट– चीयर स्मास् ! वाउ !”
कसरी भनुँ म छोरोलाई
त्यो रेिस्लङको रिङ होइन
मेरो देशको संसद हो ।
ए चीयर स्मासर !
ए कुर्सी भाँच्ने दाइ !
तिमीले कुर्सी भाँचिरहँदा
भाँचिएको हाम्रो मन पनि हो
भाँचिदा भाँचिदा एकतमास…
पहिरो मुनिको घर भएका छौँ हामी
अब भन्देऊ
कुर्सी भाँच्ने दाइ
म मेरो छोरोलाई के जवाफ दिउँ ?
म नाजवाफ छु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x