साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरी ती आमा मभित्रै समाहित

Nepal Telecom ad

यता ठेस लाग्दा उता आमा दुख्थ्यो
“मलाई दुखेन” भनि ढाँटनु पर्थ्याे
बसाएर काखमा मुसार्दै मलाई
रिसाएर माया अब खोई आमाले ?

झरे आँसु सारा अब के म झारौँ ?
म मातृशोकलाई कसरी निखारौँ ?
माछो भएर जल त्याग्नु पर्ने
आमा बिना नै पनि बाँच्नु पर्ने !

यो भौतिकीको विधिले पराजित
मेरी ती आमा मभित्रै समाहित
अब म मेरै म बुवा मुवा पनि
जगत बिरानो म त पितृको धनी ।

“तेरो भलो होस्” भनि भित्रबाट
आशिक दिने सब हटे दृश्यबाट
नदेखिने छन् तर साथमा छन्
मेरा ती पितृ म भित्रै रमाउँछन् ।

अहा ती हाँसो जति थिए उनैका
ओहो यी आँसु पनि छन् तिनैका
सकार माया बसाएर पहिले
निराकार बोध गराए अहिले ।

माता पिता र गुरु यी तिनै थरि
मैमा समाहित अब यो जीवनभरि
म फूल उनकै अझ फक्रनै छ
बाटो उनैको अझ लम्कनै छ ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x