चट्याङ मास्टरमेरी ती आमा मभित्रै समाहित
यता ठेस लाग्दा उता आमा दुख्थ्यो
“मलाई दुखेन” भनि ढाँटनु पर्थ्याे
बसाएर काखमा मुसार्दै मलाई
रिसाएर माया अब खोई आमाले ?
झरे आँसु सारा अब के म झारौँ ?
म मातृशोकलाई कसरी निखारौँ ?
माछो भएर जल त्याग्नु पर्ने
आमा बिना नै पनि बाँच्नु पर्ने !
यो भौतिकीको विधिले पराजित
मेरी ती आमा मभित्रै समाहित
अब म मेरै म बुवा मुवा पनि
जगत बिरानो म त पितृको धनी ।
“तेरो भलो होस्” भनि भित्रबाट
आशिक दिने सब हटे दृश्यबाट
नदेखिने छन् तर साथमा छन्
मेरा ती पितृ म भित्रै रमाउँछन् ।
अहा ती हाँसो जति थिए उनैका
ओहो यी आँसु पनि छन् तिनैका
सकार माया बसाएर पहिले
निराकार बोध गराए अहिले ।
माता पिता र गुरु यी तिनै थरि
मैमा समाहित अब यो जीवनभरि
म फूल उनकै अझ फक्रनै छ
बाटो उनैको अझ लम्कनै छ ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































