साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिचानको चार किल्ला

Nepal Telecom ad

माथि माथि
लेकको खर्कमा
चिसो सिरेटोसँग जुझ्दै
चौँरी र च्याङ्ग्रा चराइरहेका ती गोठाला
शेर्पा हुन् कि बाहुन् हुन् ?
त्यतै खर्ककै गोठमा
सानी नानीलाई कोक्रामा हल्लाउँदै
अँगेनामा कुँडो पकाइरहेकी
महिना दिनकी सुत्केरी
गुरुङसेनी हुन् कि क्षेत्राणी हुन् ?
तिनले आ–आफ्नो पहिचान मागे भने
पहिचानको चार किल्ला
के गरी छुट्याइदिने होला ?
तल तराईका फाँटमा
खलखली चुहेको पसिना पुछ्दै
खेतका डल्ला सम्याउँदै गरेका किसान दाइ
र, त्यतै मधेशको गर्मीमा
रिक्सा तानिरहेका रिक्सा चालक
पहाडे हुन् कि मधेशी हुन् ?
तिनले पनि पहिचान मागे भने
पहिचानको चार किल्ला
कसरी कोरिदिने होला ?

उता पहाडतिर
साहुको माल बोकेर
उकालोमा ढाकर तोक्मामा अड्याई
फाटेको जीर्ण टोपीले वा पछ्यौरीले
निधारको पसिना पुछ्दै
हावालाई बोलाउन सुसेली हाल्ने
ढाक्रे वा ढाक्रिनी
बाहुन्, क्षेत्री, जनजाति वा दलित
के हुन् ?
तिनको पहिचानको चार किल्ला
कुन कुन चौतारी र भन्ज्याङले
छुट्याइदिने होला ?
बेरोजगारीले पीडित युवाहरू
कमाई गर्न खाडी पुगेका मध्ये
बन्द बाकसमा
स्वदेश फर्केका पार्थिव शरीरहरू
पहाडे हुन् कि मधेशी हुन् ?
पूर्वेली हुन् कि पश्चिमेली हुन् ?
जनजाति हुन् कि क्षेत्री हुन् ?
दलित हुन् कि बाहुन् हुन् ?
तिनको पहिचानका लागि
चार किल्ला छुट्याउने
विधान के होला ?

दिनभर टेक्सी चलाई
परिवार पाल्ने टेक्सी ड्राइवरले
आन्दोलनकारीले जलाएको
आफ्नो टेक्सीलाई
टोलाएर हेर्दै
पहिचानको कुन चौहद्दी खोज्नु पर्ने होला ?
बन्दले गर्दा अस्पताल पुग्न नपाई
विच बाटामै प्रसव पीडाले छट्पटाइरहेकी
एउटी गर्भवती महिलाको
पहिचानको चार किल्ला छुट्याउने
मापदण्ड के होला ?
पहिचानको चार किल्ला ठोक्ने किलाहरू
सदनमा तोडिएका कुर्सी हुन्
वा, सडकमा बालिएका टायर हुन् ?
पढ्न नपाएका बालकका
कलिला सपनाहरू हुन् कि
अभावले छट्पटाइरहेका झुपडीका
कष्टकर विपनाहरू हुन् ?
हो, पहिचानका किल्लाहरू नै
पहिचान मागिरहेछन् ।
बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x