साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चराहरूले पनि गाउँ छाडेछन्

Nepal Telecom ad

“बाबु कहाँबाट सुरु गरूँ पत्र ?”
मेरो कोठाको ढोकामा हुलाकी दाइले कति बेला छाडेछन् चिठी ?
पठाउनेमा बुबाको नामले झस्किएँ म ।
सुरुवाती हरफ यस्तै थियो– खोलेर हेर्दा पत्र ।

“आजकल हराउन थालेका छन्– चराहरू गाउँबाट ।
बिहानै धुरीमा बास्ने ढुकुरहरू
सदा बुरुक्क उफ्रन जानेका भँगेराहरू
तँ सानो छँदा,
तैँले गुँड भत्काइदिने गौँथलीका जोडी
बेपत्ता भएका छन् ।

तैँले निधारमा रातो टीका लगाएको साइतमा
टौवामा बसेर कराएको कौवा पनि
ल्याउँदैन आफ्नाहरूको खबर ।

रातभर अनिद्राको सखी बनेर
काप्राको रुखमा कराइरहने उल्लु (लाटोकोसेरो) पनि
हराएको छ– तेरो गाउँबाट ।
छोरा मलाई चरा खोज्नु छ ।

सखारै र संसाँझै हल्ला गर्ने सारौँहरू पनि
हल्ला गर्दैनन् आजकल
र त गाउँ मसानघाट भएको छ ।

हिजो,
बिस्कुन खाएको नाममा लखेटिए– भँगेराहरू
घर फोहोर भएको बहानामा भत्काएकै हो– गौँथलीको गुँड
हल्ला सुन्न सकिन्न भनेर मास्यौँ– बाँसका झ्याङहरू
तेरो निद्रा बिथोलिएको बहानामा रातभर लखेटियो लाटोकोसेरो ।

आज ग्लानिले पोलिरहेछ छातीको कुनै पाटो ।
कहिले त लाग्छ,
चराहरूलाई किन सिकाउन सकिएन
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

तेरी आमा झोक्राइरहन्छे– अगेनीको छेउमा
र सोधिरहन्छे मलाई– के चराहरू फेरि फर्कलान् ?

सुनेको छु,
तँ बसेको सहरमा बन्दै छ रे– नयाँ विधान
रङ्गीन हुँदै छ रे ठुला महलको सपना ।
छोरा, मिल्छ भने भनिदे न है– सहरको संविधानलाई
हराएका चराहरूको इतिहास ।
कतै सीमा कटेकाहरू पनि फर्कन्छन् कि– गाउँ
र मनाउँछन् कि– खुसीको उत्सव ?

आइपुग्दा पत्रको आखिरी हरफहरूमा
दाग लागेका अक्षरहरू थिए ।
सायद पत्र कोर्दै गर्दा बाले
छेवैमा बसेकी आमाको पीडा खसेको हुनुपर्छ– पानामा ।

पत्रको बिसौनीमा बाले लेखेका रहेछन्–
“कुनै दिन सम्झिस् भने आफ्नो गाउँ
तँ आउँदा सँगै ल्याउनू– चराहरूलाई पनि
होइन भने यो बुढेसकालमा
म मसाल बालेर अब कहाँ जाऊँ– चराहरू खोज्न ?”
तन्द्राङ, गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बा होइन पितामह

बा होइन पितामह

निशान निष्कर्ष
मुचुल्का

मुचुल्का

निशान निष्कर्ष
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x