सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माननीय ताण्डव

Nepal Telecom ad

संविधान बनाउने विषयमा नेताहरूमा सहमति भएको समाचार हेर्न टेलिभिजनअगाडि बसेको भुसुक्कै निदाएँछु । अचानक होहल्ला, चर्काचर्की, नाराबाजीको आवाजले मलाई ब्यूँझायो । संविधानसभा भवनमा संविधान बन्ने अन्तिम तयारी हुँदाको दृश्य टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको रहेछ । सभामा माननीय सभासदज्यूहरूको भीडका बीचमा एक जना वरिष्ठ माननीयज्यूले आफ्ना सभासद्लाई चर्को स्वरमा निर्देशन दिँदै हुनुहुन्थ्यो, \’माननीय सभासद्हरू ! अब यहाँ महाभारत युद्धको नेपाली संस्करण प्रदर्शन हुँदै छ । हामी संविधान लेखनका लागि सहमति जुटाउने अन्तिम लडाइँमा छौँ । यो लडाइँमा हामी संविधानसभालाई रणमैदानका रूपमा उपयोग गर्दै छौँ । हामीले यो सम्मानित संविधानसभाको मर्यादालाई ख्यालमा राखेर ज्यादा हिंसात्मक र उच्छृंखल नभईकन विपक्षीलाई ठोकेर सहमतिमा ल्याउनुपर्नेछ । माननीयज्यूहरू ! तिनीहरूलाई प्रहार गर्दा सकभर अप्ठ्यारो ठाउँमा नलाग्ने गरी गर्नुहोला । यो सहमतिको प्रयास भएको हुँदा कसैलाई ठहरै पार्ने हाम्रो नीति छैन । तर्साउने मात्र हो । बिरामी, बूढा र असक्तहरूलाई सकेसम्म आक्रमण नगर्नूस्, छोइपासो लाग्न सक्छ । होसियार हुनुहोस्, पत्रकारहरू वरिपरि छन्, पुरुष माननीयहरूले महिला माननीयहरूमाथि हात नहाल्नूस् । कुर्सी, टेबुल, माइक आदिलाई सहमतिको साधन र साध्य दुवै रूपमा प्रयोग गर्नुहोला । तिनीहरूलाई तोडफोड पनि गर्ने र झटारो वा डन्डाका रूपमा पनि प्रयोग गर्ने । सकभर ठूला नेताहरूलाई प्रत्यक्ष प्र हार नगर्नुहोला, ज्यादा प्रपोगान्डा गर्छन् । आफैँ जाई नलाग्नु होला तर सहमति भाँड्न खोज्नेलाई नछाड्नुहोला । ल माननीयहरू, सहमतिको प्रयास सुरु गर्नूस् ।\’

टोली नेताको निर्देशन प्राप्त हुनासाथ माननीयहरू आफू बसेको ठाउँबाट कुर्सीका माथि माथि चढ्दै, उफ्रिँदै अरू माननीयलाई कुल्चँदै, नाघ्दै फ्लोरमा पुग्नुभयो । कोही माइक भाँचेर विपक्षीतिर झट्टी हान्न थाल्नुभयो । कोही फोहरी शब्द उच्चारण गर्दै पाखुरा सुर्काउँदै विपक्षीतिर सोझिनुभयो । सहमतिको यो प्रक्रियामा बाधा गर्न आउने मर्यादापालकका टाउकामा माननीयज्यूहरूले माइकले ठोक्नुभयो । एक जना माननीय हातमा भाँचिएको कुर्सीको खुट्टो बोकेर सभामुखको आसनतिर हानिनुभएको, मर्यादापालकहरूले अमर्यादापूर्वक उहाँलाई समातेर भुइँमा थचारेपछि उहाँको रिसको पारो झन् उर्लियो । उहाँले एक्कासि उठेर कुर्सीको खुट्टो सभामुखतिर झटारो हान्नुभयो । झटारो छेक्न खोज्दा अर्का मयार् दापालकको नली खुट्टाको हाड बाहिर निस्कियो । ती वीर योद्धा माननीयलाई साथ दिँदै अर्का एक वरिष्ठ माननीय पनि \’हान् हान्, ठोक् ठोक्, लडाएर थिच्\’ भन्दै सभामुखतिर जाइलाग्न खोज्दा एउटी मर्यादापालक तगारो बनेर उभिइन् । उहाँको पालो तिनको हात च्याप्प समातेर परक्कै बटारिदिनुभयो । सहमति प्रयासमा बाधा गर्न खोज्ने तिनी पनि थुचुक्कै भइन् । सहमति नगरी नछाड्ने उहाँको अठोट अझ दृढ भयो । पछिल्लो घम्साघम्सीमा उहाँको कोट र सुरुवाल मर्यादापालकका हातमा गयो । उहाँ दौरा र कट्टु लगाएर माननीयहरू बस्ने कुर्सीमाथि चढेर उफ्रिन थाल्नुभयो । अर्का एक माननीयले उहाँलाई सम्हाल्दै माननीयज्यूको नग्नस्थितिका बारे जानकारी गराउनुभयो । यत्तिकैमा अर्की एक माननीय सभासद्ले आफ्नो बर्को खोलेर ओढाइदिएपछि बर्कोसँगै उहाँ अर्को कुर्सी उठाएर लगातार भुइँमा पछार्न थाल्नुभयो ।

घन्टौँसम्म संविधानसभामा यसरी सभासद्ज्यूहरूले संविधान लेखनका लागि सहमति जुटाउने माननीय ताण्डव प्रस्तुत गर्नुभयो । कठोर नृत्यले थाकेर चूर भएपछि उहाँहरू यत्रतत्र छरिएका कुर्सीका पार्टपुर्जा, घाइते भएर लडिरहेका मर्यादापालक र माइकहरूलाई आफ्ना कोमल पाउहरूले पन्छाउँदै बाहिर निस्किनुभयो । सहमतिको यो अद्भुत काइदा देखेर दुनियाँ हेर्या हेर्यै भयो ।
नेपाल साप्ताहिक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे