साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचित्रास्टक

Nepal Telecom ad

१. धान मन्त्री प्र. थपेर पालैपालो खाए !
झगडिया तिनै अरे ! अचम्मै भो ! हरे !

२. गृह अर्थ पालै पालो यी वर्षमा खाए !
बाझाबाझ तिनैको रे ! अचम्मै भो ! हरे !

३. समितिका समितिमा पालैपालो बसे !
मुक्कामुक्की खुलेआम ! अचम्मै भो ! हरे !

४. सत्ता भत्ता भेट्ने वीर इतिहास बन्ने !
भनाभन ! हानाहान ! अचम्मै भो ! हरे !

५. विदेशको हितु बन्ने पालापालो छ रे !
अहिले को ? प्रश्न भयो ! अचम्मै भो ! हरे !

६. जो होस् ! जे होस् ! टाँसिनु र गाँसिनु छ ! छ ! छ !
त्यसो गर्दा जे त भनुन् ! अचम्मै भो ! हरे !

७. कस्तो हल्ला ! कस्तो स्वर ! कस्तो चर्को रन्को !
हल्ला खेती कति स्वादे ! अचम्मै भो ! हरे !

८. कस्तो व्यस्त ! कस्तो भेला ! कत्रा कत्रा गोष्ठी !
यो देशको पारा चाला अचम्मै भो ! हरे !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x