साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘लालीगुराँस साहित्यतारा’ विमोचित

Nepal Telecom ad

काठमाडौं/२०७१ माघ १३ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा तथा उपकुलपति डा. विष्णुविभु घिमिरेले संयुक्त रूपमा ‘लालीगुराँस साहित्यतारा’ स्मारिका विमोचन गर्नु भयो । स्मारिका नेपाली साहित्य विकास परिषद यु.के.को नेपाल च्याप्टरद्वारा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकीको सन्दर्भमा समर्पित रहेको छ ।

विमोचन समारोहमा मन्तव्य दिँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले दुई देश बिचको साहित्यिक सहकार्य मार्फत यसरी स्मारिका प्रकाशन प्रशंसनीय कार्य हो भन्नु भयो । उपकुलपति घिमिरेले स्मारिका प्रकाशन कार्यले दुई देशका साहित्यकार बिच पुलको भूमिका निर्वाह गरेको बताउनु भयो ।

समारोहमा भानुभक्त र नेपाली साहित्यका वारेमा समालोचक गोविन्द पराजुली र गोपाल पराजुलीले विचार प्रस्तुत गर्दै स्मारिका प्रकाशनले नेपाल र वेलायत बिच साहित्यिक सम्बन्ध विस्तार गरेको छ भन्नु भयो । त्यसै गरी मुक्ति घिमिरे विमोचित स्मारिकाको समीक्षा गर्नुभएको थियो ।

साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञद्वय उषा ठाकुर र ज्ञानु पाण्डे, नेपाली साहित्य विकास परिषद युकेका वरिष्ठ सह–अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, सञ्चारकर्मी हरिशरण लामिछाने र डा. रेनुका थापाले पनि मन्तव्य दिनु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x