साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागबेली एक्सप्रेस

Nepal Telecom ad

यो सिनामंगलदेखि सुन्धारासम्म चल्ने सफा टेम्पु \’नागबेली एक्सप्रेस\’ हो । यसले सुन्धारासम्मको २० मिनेटको बाटोलाई ६० मिनेटमै पुर्यााउँछ । पुतलीसडकसम्मको साढे दुई किलोमिटरको दूरी छिचोल्न साढे सात किलोमिटर फन्का मार्छ । मातेको मान्छेजस्ताे यताबाट उता र उताबाट यता नागबेली परेर हिँड्छ । ढलकढलक ढल्किँदै, सडकका खाडलहरू छलाउँदै, पहाडहरू चढाउँदै, ढलीय पोखरीका किनारै किनार, माझ सडकका भ्वाङहरू, सुरुङहरू र ओडारहरूको दर्शन गराउँदै यो अघि बढ्छ । नागबेली एक्सप्रेसमा यात्रा गर्नुको आनन्द जोसुकैले लिन कहाँ पाउँछ ?

तर, दुःखको कुरा, यो आनन्ददायक टेम्पु यात्रामा प्रायः हरेक दिन कोही न कोही अभद्र, अधैर्य र दुष्ट स्वभावका यात्रु चढ्छन् । उनीहरू झर्किन्छन्, रिसाउँछन्, मनपरी बोल्छन् । सडकका खाल्डाखुल्डीमा टेम्पुले थेचार्दैमा, यसो चिप्लिएर लड्दैमा, घुँडो ठोकिँदैमा, टाउकामा दुई-चार टुटुल्का उठ्दैमा, दुई-चारवटा हाड- करङ यताउता सर्दैमा सरकार र नेताहरूलाई गालीगलौज गर्न थालिहाल्छन् मूर्खहरू ! कुर्सीका खुट्टा र माइकका ठुटाले संविधान लेखेको पर्सिपल्टको कुरा त हो, एक जना अधबैँसे महिला टेम्पुमा चढ्न खोज्दा हिलोमा चिप्लिएर टेम्पुमा घुँडो ठोक्कियो । उनी थुचुक्कै भुइँमा बसिन् । निकै बेर रन्थनिएर बल्लबल्ल उठिन् र भुतभुताउँदै भित्र पसिन् । उनले धारे हात लगाउँदै भनिन्, \’मरोस् पापी! त्यसको सत्यानाश होस् ! कस्तरी ठोक्कियो, ऐयाया !\’

एकछिन घुँडो मुसारेर फेरि कराउन थालिन्, \’बज्या डाँकाहरूलाई च्यापच्यापी समातेर कुर्सी पछारेजस्तो यही हिलोमा पछार्नुपर्ने । चोरहरूका खप्परमा माइकै माइकले हान्नुपर्ने । यही खाल्डोमा खसालेर हिलोले पुर्नुपर्ने ।\’ अर्की वृद्धाले आगोमा घिउ थपिन्, \’यी बेइमानहरूलाई त कालो मोसो दलेर सहर घुमाउनुपर्ने । चार पाटा मुडेर, चार भञ्ज्याङ कटाउनुपर्ने ।\’ छेउको युवक पनि तात्तियो, \’मोसो दल्यो भने त तिनीहरूको नम्बर झन् बढ्छ । चार भञ्ज्याङ कटाए पनि फर्केर आइहाल्छन् । हातखुट्टा बाँधेर ट्रकमा लोड गरेर नारायणीमा खसाल्नुपर्छ अनि ठीक हुन्छ ।\’ मलाई खपिसक्नु भएन । मैले भनँे, \’त्यति साह्रो त भन्नुभएन नि हो, हामीले नै छानेका नेता हुन् । धेरै पार्टी छन्, धेरै विचार छन् । गाह्रो काम छ । गरिहाल्छन् नि !\’

\’यो टेम्पुमा पार्टीका कार्यकर्ताको घुसपैठ छ कि क्या हो ?\’ घाइते महिलाको कटाक्ष मतिर सोझियो । म चुप लागँे । उनी चालू भइन्, \’एउटा संविधान बनाउन थालेको आठ वर्ष हुन लाग्यो । स्यालले सिनु लुछेजस्तो सरकारी ढुकुुटी लुछेर बसेका छन् । हसुर्ने बेलामा थपक्क मिल्ने, काम गर्ने बेलामा चिथोराचिथोर गर्ने ? यस्तो पनि हुन्छ ? जति धेरै वर्ष लगायो उति धेरै घिच्न पाइन्छ भनेर जानीजानी संविधान नबनाएका हुन् । होइन भने तिनका बाबुको ठाँडो त्यो संविधान थपक्क बनाएर नमिलेका कुरामा पछि संशोधन गर्दै गए हुँदैन ? अहिल्यै रडाको गरेर मर्नुपर्छ अगस्तीहरूलाई ?\’

उनको आक्रोश थामिएको थिएन, मेरो ओर्लने ठाउँ आइपुग्यो । हरेक दिनजस्तै आज पनि म आफ्ना पि्रय नेताहरूमाथि यी अबुझ र मूर्ख मान्छेले लगाउने गरेका अनेक आक्षेपबाट मर्माहत र लज्जित हुँदै बाटो लागेँ । सधैँभन्दा आज अलि कम गाली सुन्नुपरेकामा मनमा अलिक सन्तोष पनि लाग्यो । धन्य यी जनता भनाउँदाहरूका सरापले हाम्रा नेताज्यूहरूलाई छँुदैन र मात्रै, नत्र हामी सबै कार्यकर्ता यो बेलासम्ममा टुहुरै भइसक्थ्यौँ ।
नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x