साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्गत गुनाको फल

Nepal Telecom ad

बालाजु चोकमा पुगेर एअरपोर्टसम्म जानुपर्ने भएकोले चक्रपथ परिक्रमा लेखेको सार्वजनिक बसमा चढेँ । एअरपोर्ट पुग्न लागेपछि “एअरपोर्ट झर्ने कोही हुनुहुन्छ ?” बसको सहचालकले भने । “म छु एअरपोर्ट झर्ने” मैले भनेँ । “अङ्कल कहाँदेखि चढ्नुभएको ?” भन्दै सहचालकले सोधे । म बालाजु चोकदेखि चढेर आएको हुँ भनेर मैले आफ्नो पर्सबाट बीसको नोट निकालेर सहचालकलाई दिएँ । “बीस रुपैयाँले पुग्दैन यसमा पाँच रुपैयाँ थप्नुप¥यो” सहचालकले भने । “मसँग पाँच रुपैयाँ भएन” मैले भनेँ । मैले उसलाई उसले मागेको थप पाँच रुपैयाँ दिन नसकेपछि उसले रिसाएर अस्लील शब्द प्रयोग ग¥यो ।

“भाइलाई स्कुलमा सरमिसहरूले पढाउँदा यस्तो छाडा शब्द पनि बोल्न सिकाउनु भएको थियो कि ?” मैले भनेँ । “मैले खराब साथीहरूको सङ्गतले बीचैमा पढाइ छाडी सहचालकको काममा लागेँ र ती साथीहरूको सङ्गतले गर्दा मैले यस्ता अपशब्दहरू बोल्न सिकेँ । यस्ता शब्दहरू बोल्दिन भन्दाभन्दै पनि कहिलेकाहीँ मुखबाट फुत्किहाल्छ र आफैंमा पश्चाताप हुन्छु र त्यस्ता शब्दहरू कहिलेकाही घरमा समेत प्रयोग हुँदा म आफैं आत्मग्लानी हुन्छु” बसको सहचालकले भने ।
सामाखुसी मार्ग, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विमोचन कार्यक्रम

विमोचन कार्यक्रम

अरुणबहादुर खत्री ‘नदी’
युगल बसेलकाे ‘छक्का’ पढेपछि

युगल बसेलकाे ‘छक्का’ पढेपछि

अरुणबहादुर खत्री ‘नदी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x