अरुणबहादुर खत्री ‘नदी’सङ्गत गुनाको फल
बालाजु चोकमा पुगेर एअरपोर्टसम्म जानुपर्ने भएकोले चक्रपथ परिक्रमा लेखेको सार्वजनिक बसमा चढेँ । एअरपोर्ट पुग्न लागेपछि “एअरपोर्ट झर्ने कोही हुनुहुन्छ ?” बसको सहचालकले भने । “म छु एअरपोर्ट झर्ने” मैले भनेँ । “अङ्कल कहाँदेखि चढ्नुभएको ?” भन्दै सहचालकले सोधे । म बालाजु चोकदेखि चढेर आएको हुँ भनेर मैले आफ्नो पर्सबाट बीसको नोट निकालेर सहचालकलाई दिएँ । “बीस रुपैयाँले पुग्दैन यसमा पाँच रुपैयाँ थप्नुप¥यो” सहचालकले भने । “मसँग पाँच रुपैयाँ भएन” मैले भनेँ । मैले उसलाई उसले मागेको थप पाँच रुपैयाँ दिन नसकेपछि उसले रिसाएर अस्लील शब्द प्रयोग ग¥यो ।
“भाइलाई स्कुलमा सरमिसहरूले पढाउँदा यस्तो छाडा शब्द पनि बोल्न सिकाउनु भएको थियो कि ?” मैले भनेँ । “मैले खराब साथीहरूको सङ्गतले बीचैमा पढाइ छाडी सहचालकको काममा लागेँ र ती साथीहरूको सङ्गतले गर्दा मैले यस्ता अपशब्दहरू बोल्न सिकेँ । यस्ता शब्दहरू बोल्दिन भन्दाभन्दै पनि कहिलेकाहीँ मुखबाट फुत्किहाल्छ र आफैंमा पश्चाताप हुन्छु र त्यस्ता शब्दहरू कहिलेकाही घरमा समेत प्रयोग हुँदा म आफैं आत्मग्लानी हुन्छु” बसको सहचालकले भने ।
सामाखुसी मार्ग, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































