साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता महोत्सवमा उत्कृष्ठ ३२ छनौट

Nepal Telecom ad

काठमाडौं, २३ माघ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष गर्दै आएको राष्ट्रिय कविता प्रतियोगिता अन्तर्गत यसवर्षका उत्कृष्ठ ३२ कविता छनौट भएका छन् ।

देशभरबाट संकलित कवितामध्ये निर्णायक मण्डलद्वारा छानिएका कविताहरू यही माघ २६ गते आयोजित कविता महोत्सवमा बाचन हुनेछन् । छानिएका ३२ जना कविहरूमा अनुपम रोशी, असिम सागर, अशोक कुमार अर्याल, एकल यात्री, कपिल अञ्जान, केवल विनोदी, केशव भट्टराई, गोपीकृष्ण ढुङ्गाना, चेतनाथ धमला, छवि ज्ञवाली, जीवन खत्री, जेवी खत्री, टङ्क दाहाल, दिपेन्द्रसिंह थापा, नारायणप्रसाद निरौला, नारायणप्रसाद पोखरेल र निसान निष्कर्ष रहेका छन् ।

यसैगरी पुरु लम्साल, प्रदिपराज भण्डारी, प्रोल्लास सिन्धुलीय, बाबु त्रिपाठी, भीमप्रसाद काफ्ले, मणिराज सिंह, मदन खड्का, एसोदा अधिकारी, राजु स्याङ्तान, पविना सिन्धु, समिर गौतम, सुरेन्द्रप्रसाद गिरी, सोझो गाउँले, शशि थापा पण्डित र हरिशरण परियारका कविता पनि उत्कृष्ठ ३२ मा परेका छन् । छानिएका कविताहरू राष्ट्रिय कविता महोत्सवमा स्वयम् कविहरूले बाचन गर्ने छन् ।

निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट ५ कवितालाई नगद र मेडलसहित पुरस्कृत गरिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनएको छ । प्रथम हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रा हुने तीनवटा कवितालाई १०–१० हजार नगद पुरस्कर प्रदान गरिने छ ।

सुरुमा राजाको हातबाट दिइने गरेको यो पुरस्कार गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिको हातबाट दिन थालिएको जानकारी प्रज्ञा प्रतिष्ठान जनसम्पर्क प्रमुख सन्ध्या पहाडीले जानकारी दिईन् । २०२२ सालदेखि सुरु भएको राष्ट्रव्यापी कविता प्रतियोगिता विजेता गत असारमा नै घोषणा हुनुपर्ने थियो । तर, प्राज्ञ परिषद् गठन हुन ढिलाई हुँदा प्रतियोगिता पछि सरेको हो । प्रतियोगिताका लागि परिषद्ले गत वैसाखमा नै कविता माग गरेको थियो । त्यसक्रममा देशभरबाट प्राप्त कवितामध्ये उत्कृष्ठ ३२ छनोट गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x