सुलसुलेशिशिर काव्य गोष्ठी सम्पन्न
जोरपाटी, काठमाडौ/०७१ माघ २६ । अभिनव साहित्य समाजले आफ्नो १५६ औँ शृङ्खला सम्पन्न गरेको छ । यस अन्तर्गत शहीद दिवस र सरस्वती पूजाको अवसर पारेर शिशिर कवि गोष्ठी सम्पन्न गरेको हो ।
समारोहमा उपस्थित कविहरूमध्ये ३५ जनाले कविता वाचन गरेका थिए । वाचन गर्ने स्रष्टाहरूमध्येबाट सरह पराजुली, शिव प्रसाद नेपाल, एटम विद्रोही र मिलन समीरका रचनालाई प्रोत्साहित पुरस्कार प्रदान गरिएको थियो ।
अन्य सहभागी कविहरूमा सनद अर्याल, शीतल मैनाली, र्ईश्वर आचार्य, विवेक, स्वेच्छा राउत, धर्मरत्न शाक्य, सादा, प्रदीपरत्न शाक्य, रेहान खान, मानन्धर अभागी, सुनिता नेपाली, बाजुराम पौडेल, रुद्र अधिकारी, प्रकाश वस्नेत, मेनका पोखरेल, सरस्वती ढुंगाना, बुद्धरत्न शाक्य, तिलश्मी प्रभास, रामचन्द्र वनवासी, विमल अर्याल, गण्डकी पुत्र, लक्ष्मी एडी, माधव विडारी जीवन, विन्दा खतिवडा, दुर्गा दाहाल, उदास कार्की, निर्भिक राई आदि हुनुहुन्थ्यो ।
कार्यक्रमको प्रमुख अतिथिमा कृषिविज्ञ श्री शालिग्राम र सभापतित्व समाजका उपाध्यक्ष प्रकाशमणि दहालले गर्नुभएको थियो । समाजका अध्यक्ष वेदमणि घिमिरेले कार्यक्रमको समग्र समीक्षा र धन्यवाद ज्ञापान, सचिव परशुराम पराजुली पराशरले समग्र कार्यक्रको समीक्षा एवम् उद्घोषण शारदा पराजुलीले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































