साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिलाषा

Nepal Telecom ad

तिम्रो
अजश्र सम्मानको
ओतले
मेरो हृदयाकाशको खुसी
लतपत नभए पनि
म भित्रका दुर्घटित सपनाहरू
क्रमशः उकालो चढ्नेछन्
सौभ्य संसारतिर
चेतनायुक्त भावुकतातिर
तिमी
यथार्थमा
ममा वशीभूत भएर आएका छौ
तिम्रो अनुपस्थितिमा
म कति बिचलित छैन
बरु कन्चन ! तिम्रो अभावको स्पर्शले
मेरो अक्षुण्ण वेदनालाई पखालेकीे छु
धोएकी छु विकृत माथिङ्गललाई
तिम्रो निम्ति म केही होइन
मैले म नै सम्झने वाध्यता
तिमी स्वीकार या अस्विकार गर

(मानवताको नाता)
तिमी एक हिस्सा यस सृष्टिको सिर्जना
म जस्तै हुनु पर्छ भन्ने छैन
सम्झौता गर
या त विरोध गर
तर, टुक्राउने प्रयास नगर ।
इलाम– २

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x