साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिम्पाञ्जीको राजधानी

Nepal Telecom ad

रोपेर परिवर्तनका बीउ
जगाएर निम्छरालाई चेत
खनियो जंगलभरि बंकर
झोसियो डढेलो जनमा–जंगलमा
जंगलबाट हरायो चिम्पाञ्जीको हूल
फुने युद्धमा सहिद भयो अरे
रणे विदेशतिरै रत्तियो रे
छोराछोरी पढाउने भन्दै
बुहारीहरू सहरतिर डेरा सरे
बाँझै छ–सिमखेत÷टारिखेत
जंगल खरानी–खेत बाँझै
चिम्पाञ्जी हरायो भन्थिन् मेरी आमा
चिम्पाञ्जी हराएपछि
बारीका बाली जोगिन थाले
बालबच्चाले डराउनु परेन
भाउजू–बहिनी मन्दिर जाँदा
खोसिएन पूजाका थालीबाट केरा र लड्डु
चिथोर्ने डरले चिच्याएनन् कोही
बाँदरमुक्त भो गाउँ– भन्थिन् मेरी आमा
चिम्पाञ्जी मसँगै सहर छिरेछ आमा
मन्दिर जाँदा भाउजूको लड्डुु खोस्थ्यो
सहरमा भाउजूको सल उतार्न खोज्छ
मन्दिर जानै पर्दैन भाउजू–बहिनी
तरकारी किन्न कालीमाटी निस्कँदा
फेसबुकमै झम्टिँदो रहेछ चिम्पाञ्जी
भाइबरमा चिथोर्न तम्सिँदोरहेछ
स्काइपमा बेस्मारी छिल्लिँदो रहेछ
चिम्पाञ्जी विकसित भएको कि
भर्चुअल संसारले मनुवा पाखण्डी ?
सहरभरि चिम्पाञ्जी देखिरहेछु आमा ।
मध्येराति बानेश्वरमा
संविधानसभा तोडफोड भयो
माइक भाँचिए–अनुहार दागिए
राजमार्गमा त उहिलेदेखि
चिम्पाञ्जीको राज थियो
सुनिनौ र एफएममा आमा
दुईसय सिलिन्डर
हिमाल ग्यास लुटिएको
चिम्पाञ्जीको यता पो बिगबिगी छ आमा
चिम्पाञ्जीको आतंक हेर
महसुल बुझाउन गएको बुहारीलाई
काउन्टरभित्र बसेर आसयकरणी गर्छ
जागिरे दिने लोभमा
बेराजगार किशोरीको अस्मिता लुट्छ
पिलाएर मदिरा बेरोजगार युवालाई
मध्येराति स्वास्नी कुट्न लगाउँछ
चिम्पाञ्जीहरू,
एसिडका बोतल बोकेर
ट्युसन पढ्न हिँडेका भान्जीहरू तर्साउँछ
भन्यौ, ‘सुख छ सहरमा’
नातिनातिनालाई सुख देऊ
एकमाना घिउ र
तीनमाना आशिक दिएर पठायौ सहर
तर, म सहरमा मनुवा देख्दिनँ
चिम्पाञ्जीको आतंक देख्छु
फर्कौं कि त्यही गाउँ
बोकेर हाँडाभाँडा र लालाबाला
चिम्पाञ्जीको राजधानीदेखि वाक्क छु आमा
चिम्पाञ्जीको सहर, राजमार्ग र राजधानीमा
मान्छेको के काम आमा ?
२०७१ फागुन १६, अनामनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x