साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झाँक्रीले चिन्नु पर्छ अब

Nepal Telecom ad

अर्काकै काँध चढी फटाफट हिन्नु पर्छ अब
करोडौं पैसा तिरी सभासद किन्नु पर्छ अब ।

भर्न आफ्नै भुँडी खालि कुर्सीकै लुछाचुँडी
झट्टै छिन्ने मुद्धा वषौं पछि छिन्नु पर्छ अब ।

के के हुन्छ हेर्नु हुन्न सेतो छाला भित्र
सर्लक्क घाँटी तन्काइ मःम निल्नु पर्छ अब ।

अभिनय गरीकन पराईहरू धेरै भए
को पराई आफ्नो झाँक्रीले चिन्नु पर्छ अब ।

उठ्ने बस्ने खाने सबै रेडिमेड भएपछि
जाबो आलु प्याज केलाई पिन्नु पर्छ अब ।

औषधिले छुँदै छुन्न कहिल्यै निको हुन्न
त्यस्तो ठाउँमा बारुलाले चिल्नु पर्छ अब ।

जति सुकै काटमार वा हानाहान गर
देशको लागि सबै पार्टी मिल्नु पर्छ अब ।
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
ऊ त्यो पार्टीले…

ऊ त्यो पार्टीले…

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x