साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक गते

Nepal Telecom ad

कहिले ढोक ढकढकाउँदै
कहिले झ्याल खटखटाउँदै
घरबेटीलाई डोर्याउँदै
हरेक एक गते सुटुक्क आउँछ
कहिले कोठा चियाउँदै
बाटो देखाउँदै
पसलेलाई टुपलुक्क घरमै ल्याउँछ
आउँदा बजिया
सानोतिनो भूकम्प नै ल्याउँछ ।

कहिले पाहुना आउँदा
मिठो मसिनो ल्याउँदा
कहिले मन रमाउन
सोमरसमा सुकुटी भ्याउँदा
भर्खर बिदा गरे जस्तो लाग्छ
हेर्दाहेर्दै एक गते
कहिले फोन गरेर
कहिले मिसकल गरेर
कहिले एसएमएस गरेर
टुप्लुक्कै कोठामै धाउँछ
धाउदा बजिया
ठूलै हलचल नै ल्याउँछ ।

कहिले छोराको स्कुल हुँदै
कहिले साउनीको भट्टी हुँदै
कहिले तरकारी वालासँग
कहिले दुधवालासँग
लुसुक्क पुलिस झैं आउँछ
मान्छेलाई
यता भागूँ कि उता भागूँ नै गराउँछ
बजिया एक गते आउँदा
सानोतिनो पहिरो नै ल्याउँछ ।

कसैलाई भोलि भन्यो
कसैलाई पर्सि भन्यो
यसलाई यसरी फकायो
उसलाई उसरी नै फकायो
प्लेब्वाय जस्तो डेटिङ दिंदा
कहिले तर्साउँदै
कहिले थर्काउँदै
कहिले दम्काउँदै
कहिले धम्काउँदै
ठ्याकर्याक्क ढोकामै आउँछ
आउँदा बजियाले
मान्छेको सातो नै उडाउँछ ।

यो एक गते आउँदा
ब्याट्री नभएको घडी जस्तो
रोक्की राख्नु नि !
ठ्याक्क हाम्रै संविधान जस्तो
उतै लट्की राख्नु नि !
भूतपे्रत जस्तै
कतै भट्की राख्नु नि !
नभए टेलिकमको एसएमएस जस्तै
ह्याङओभर भएर
उतै अट्की राख्नु नि
थाहै नदिई
हुरी झैं हुइँकिदै आउँछ
आउदा बजिया
सानोतिनो सुनामी नै ल्याउँछ ।

बजिया एक गते आउँदा
काठमाडौंको जाममा फस्नु नि !
के आजकाल बसै खसे झैं
उतै त्रिसुलीतिरै खस्नु नि !
भर्खर रिण मोचन गरेर
ढुक्कले बसेको बेला
छोराछोरीको माग
श्रीमतीको फर्माइस लिएर
गडगडाउँदै आउँछ
आउँदा बजिया
सानोतिनो बाढी नै ल्याउँछ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x