साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चर्तिकला

Nepal Telecom ad

देशमा भर्खर–भर्खर आमनिर्वाचनको घोषणा भएको थियो ।
‘राजधानीबाट आउने ठूला नेताहरूले सम्बोधन गर्ने अरे ।’ गाउँबस्तीबाट स्वागातार्थ निक्लेका जुलुसले यसै भन्थे ।
— नेताहरू विकास निर्माणमा जुट्नेछन् ।
— अब हाम्रो देशले मुहार फेर्नेछ ।
— सवैले शिक्षा–स्वास्थ्यको उपभोग गर्न पाउनेछन् ।

नाइकेहरूले गाउँका सबै नरनारीलाई नेताको भाषण सुन्न लिएर गए । त्यसमा अग्रपङ्तिमा थिई प्रकृति ।

दिनभरि नेताका जोसिला भाषणले सबैको मन फुरुङ्ग थियो तर प्रकृति घरमा आमा बिरामी भएको कारण चाँडै फर्की । ऊ हिँडिरहेकी थिई, कसैले पछाडिबाट आवाज दियो, ‘ए मेडम, कहाँ जाने हो ? म छोड्दिन सक्छु ?’

उसले पछाडि फर्केर हेरी, ए, यो त त्यही अघिको नेता… महिला बालबालिकाको आवाज उठाउने … जुझारु नेता ! ऊ गाडीमा बसी ।
नेताले भन्यो– ‘चुनावमा सबैले खट्नुप¥यो । प्रतिपक्ष पनि त्यत्तिकै बलियो छ ।’
‘भोलिदेखि नै म टोलका दिदीबहिनीहरूलाई सम्झाउनेछु तपाईंका बारेमा ।’ प्रकृतिले भनी ।
‘लौ मेडम, म ढुक्क भएँ ।’ नेताले विकासको आश्वासन दिँदै भन्यो– ‘तर एउटा कुरा, आज मेरो घर पवित्र पारेर मात्र जानुहोला !’

प्रकृतिले अत्तालिँदै भनी– ‘होइन नेताज्यू, पछि आऊँला, आमा निकै बिरामी हुनुहुन्छ ।’
‘एकैछिनको कुरा त हो, म तपाईंलाई घरमै पु¥याइदिहाल्छु नि !’
घरमा पुग्नासाथ नेताले भन्यो– ‘ए कान्छा, यता आइज त ! प्रकृति मेडम…, नमस्कार गर् !’
कान्छाले प्रकृतितिर फर्कदै चिरा परेका दुवै हात जोड्यो ।
– ‘आज कुखुरा बना है !’
कान्छाले भन्यो– ‘हुन्छ हजुर ।…कुन बनाऊँ, बोइलर कि लोकल ?’
– ‘लोकल बना न !’
– ‘लोकल त ओथारो बसेको मात्र छ । के गर्ने ?’
– ‘त्यही बना न !’
उनले फेरि प्रकृतितिर हेर्दै भने– ‘कहिलेकाहीँ त रमाइलो पनि गर्नुपर्छ मेडम ! बियर त चल्छ होला नि !’ उनी यति भन्दै बाथरुमतिर लागे ।

प्रकृतिको शरीर चिटचिट पसिनाले भिजेको थियो । ऊ हतपत त्यहाँबाट बाहिरिई ।
हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x