साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गाको देवता

Nepal Telecom ad

लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अबिर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रङगी, बिरङ्गी ध्वजाहरू बाँधेर बिरामी छोराको निम्ति भाकल गर्यो– हे प्रभु मेरो छोरोलाई निको बनाऊ, सके कालो बोको नसके लोकल कुखुरो चढाउँला ।

अर्कोदिन छोराको नाडी झनै पातला हुँदै गए, मुखमा हालेको पानी सररर बाहिर झर्यो जसरी उसले त्यो ढुङ्गामा गाईको दूध चढाउँदा दूध बाहिर झरेको थियो ।

बच्चालाई कठैवरा, विचरा भन्न उसको घरमा आफन्तहरूको भीड लाग्यो, त्यहाँ भन्दा ठूलो भीड ढुङ्गाको वरिपरि लाग्यो– पूजा गर्न, ढोग्न, फूलप्रसाद चढाउन, आशिर्वाद लिन ।

त्यही रात आकाशबाट उदीयमान एउटा तारा झर्यो, सृष्टिको रोलक्रम अनुरुप उसको पालो मिचियो । बलिन्द्र धारा आँसु बहाउँदै मसानघाटमा छोरालाई कणकण बनाएर ऊ रुँदै फर्कियो, उसको जीवनमा सुनामी आयो ।

उसलाई दोस्रोपटक सनक चढ्यो अनि त्यो पूजित ढुङ्गा अर्थात् देवताको मूर्ति पखाल्यो अनि पहिलेजस्तै लेउ लागेको कालो ढुङ्गो बनायो ।

भोलिपल्ट त्यो ढुङ्गामा गोठालो बसेर विरहको मुरली बजाएको सुन्यो, पर्सिपल्ट साइँलो ज्यामीले त्यो ढुङ्गालाई घनले फोडेर, टुक्राटुक्रा पारेर हाटमा लगेर बीस रुपियाँमा बेच्यो र केटाकेटीलाई जाउलो खुवाउन चामल लिएर फर्क्यो ।

उसलाई आफ्नो दोस्रो सनकप्रति गर्व लाग्यो– मैले गर्दा आज कसैको पेटमा अन्न त पर्यो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x