प्रेम ओली ढकलपुरेबुढी र भुँडी
सुकेको दाम्रे पेट पनि
उक्सेर भयो घ्याम्पे भुँडी
यो तब भयो
जब आइन् घरमा बुढी ।
जति खाँदा पनि घ्यु
खिदा माछा जस्तो थ्यो जिउ
गोरस पात खाए पनि
मासु भात लाए पनि
शरीर परालको त्यान्द्रो जस्तो
पेट सधैँ सुकेको आन्द्रो जस्तो
तर जब आइन् घरमा बुढी
खै के चमत्कार भयो
बढेर यो त घ्याम्पे भुँडी ।
आमा पनि मिठै पकाउँथिन्
भाउजु पनि राम्रै ख्वाउँथिन्
तर उक्सिदैनथ्यो यो चाम्रे भँुढी
श्रीमती
खै कसरी पकाउँछिन्
भात लागेको हो कि
उनको बात लागेको हो
त्यो ल्याम्रे भुँडी पनि
फुलेर भयो घ्याम्पे भुँडी
जब आइन् घरमा हाम्री बुढी ।
लोग्नेको भुँडी नबढ्नेको
स्वास्नीको भुँडी बढ्याछ
स्वास्नीले सबै खाएर
मानाँै लोग्ने भोकै प¥याछ
बुढी त ल्याइयो ल्याइयो
भुँडी पनि दाइजो ल्याको जस्तो
होइन हो ससुराज्यू
आफ्नै भुँडी झिकेर
ज्वाइँनारायणलाई द्याको जस्तो ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































