साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बजारमा श्रीमती च्याप्दै

Nepal Telecom ad

मेरा एक मित्र हुनुहुन्छ
उनको बारे मेरो मनमा के छ त्यो त म नै जान्दछु
तर यस कविताको सन्दर्भमा
उहाँलाइ मित्र नै भन्दछु
औपचारिकता निभाउन म पनि जान्दछु ।

उहाँका श्रीमान श्रीमती जब बजार घुम्न जानुहुन्छ
एकअर्काको हात समातेर हिँड्नुहुन्छ
हिँड्दा हिँड्दै दुईजनाको हात मात्रै जोडिने
तर दुई जिउ टाडाटाडा हुन थालेपछि
एकले अर्काको पाखुरा च्याप्पै समात्दै टाँसिएर हिँड्न थाल्नुहुन्छ
त्यतिले पनि नपुगेर कहिलेकहिँ त
एकले अर्काेलाई अँगालोमै तान्नुहुन्छ ।

तिनको त्यो चाल देखेर केहि युवा समेत लजाउँछन्
केहि बुढाबुढी पनि तिनको सिको गर्न जुरमुराउँछन्
यस्तो उमेरमा पनि पति पत्नी बीच कस्तो माया
कस्तो गाडा प्रेम भनेर सबै छक्क पर्थ्यौँ हामी
डाहले मनमनै भुतुक्कै हुन्थ्यौ हामी ।

एकदिन सहनै नसकेर मैले सोधेँ
बिहे भएको यत्रो वर्ष बितिसक्दा पनि कस्तो गाडा माया तपाईहरूको
यस्तो गजबको जोडी त देखेकै छैन अरुको
यस्तो गजबको सम्बन्ध कसरि बनाउनु हुन्छ
हामी जस्तालाई त तपाई घुटु घुटु थुक निल्ने बनाउनु हुन्छ ।

उनले पहिला त मलाई आँखा तरे
अनि आफ्नो ब्यथा यसरि बयान गरे–

हात छुट्यो कि पत्नी स्वात्तै पसलभित्र पस्छिन्
चाहिने नचाहिने पसलमा जे छ सप्पै किनौला झैँ गर्छिन्
शहर डुल्दा मेरो पाकेट रित्याउन पाकेटमार नै चाहिंदैन
मेरो बगलीको लागि मेरी श्रीमती कुनै पाकेटमार भन्दा कम छैन
पाकेट मारले त बरु एउटा पाकेट रित्तो पार्छ
उनीले त भए भरको सिनित्तै पार्छिन्
त्यसैले घुम्न जाँदा समाई राख्नुपर्छ
फुत्किन आँटिन् भने च्याप्पै अँगालोमा च्याप्नुपर्छ ।

तपाईहरूको जस्तो फुक्का भएर कहाँ घुमन पाउँछु र म ?
बजारमा श्रीमती च्याप्दै हैरान हुन्छु म ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x