साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चीटको पर्व आयो !

Nepal Telecom ad

घुम्दै फिर्दै, सबतिर यहाँ चीटको पर्व आयो
भन्छन् धेरै, अभिजन यहाँ, चौर्य बानी बढायो ।
घोकन्ते छन्, कतिपय निजी, बोर्डिङे झूर शिक्षा
चोरन्ते छन्, कतिपय इजी, तुच्छ सरकार–शिक्षा ।।१।।

लागेका छन्, गुरु–अभिजनै, चीट उद्योग खोल्न
एस्एल्सीमा, अधिक जन हुन्, पास पाएर बोल्न ।
अग्ला–सग्ला, सिप– प्रविधिको, ज्ञान झन् खस्कँदो छ
गाईड्–चीटै, प्रतिलिपि बढी, राष्ट्र नै झस्कँदो छ ।।२।।

केन्द्राध्यक्षै, परिचर तथा मास्टरै, चीट दाता
एस्एल्सीमा, अधिक जनले पासको खोल्छ खाता ।
बाजा बज्छन् टिभि खबरमा, थ्रेट–वार्नीङ दिन्छन्
किन्तू सार्छन् चिट–प्रतिलिपी, जाँचलाई निमोठ्छन् ।।३।।

हल्ला पिट्छन्, अतिसय कडा लौहको द्वार यो हो
तल्ला उठ्छन्, अतिसय लुला, देशको भार यो हो ।
छैनन् चिन्ता, अधम–अगुवा, मात्र लुट्नै छ व्यस्त
हाम्रा नीति, नियम नहुँदा, पूर्ण छम् अस्तव्यस्त ।।४।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x