साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए घरबेटी बा !

Nepal Telecom ad

घर थोत्रो भए पनि
कोठा जत्रो भए पनि
हरेक बर्ष घरभाडा बढाऊ
पेट कटक्क काटेको छ
ए घरबेटी बा !
ट्याङ्कीमा पानी त चढाऊ ।

घाम नलाग्ने छिँडीको कोठा होस् कि
काम नलाग्ने सिँडीको कोठा होस्
सके छ–छ महिनामा
नभए हरेक वर्ष घरभाडा बढाऊ
छोरीलाई पखला लागेको छ
ए घरबेटी बा !
ट्याङ्कीमा पानी त चढाऊ ।

ननुहाएको धेरै भएछ
शरीर पनि ठसठस्ती गन्हाउँछ
छोरोले नुहाउन पाको छैन
लुतो लागेको झै कन्याउँछ
बिजुलीको अड्डाले भन्दा बढी
बरु बत्तीको भाउ बढाऊ
आज त पार्टीमा जानुछ
ए घरबेटी बा !
ट्याङ्कीमा चाँडो पानी चढाऊ ।

फोहरको पैसो पनि हामी तिरम्ला
केवलको शुल्क पनि हामी तिरम्ला
तिमीलाई सबै सित्तैँमा नै गरम्ला
लुगा भिजाएको हप्तौँ भइसक्यो
बरु खाने पानीको भन्दा धेरै
ट्युबेलको पानीको भाउ बढाऊ
आज धेरै लुगा धुनु छ
ए घरबेटी बा !
बिन्ति छ ट्याङ्कीमा पानी चढाऊ ।

घरको ट्वाइलेट पनि
टुकुचा जस्तो ह्वास्स गन्हाउँछ
पाहुना आएको बेला
लाजमर्दो नै बनाउँछ
हाम्रो मात्र हैन यसले
तिम्रो पनि त जात जनाउँछ
आज शनिबार
ट्वाइलेट सफा गर्ने सुर छ
तर पानी नभएर पो झुर छ
कोठा बढाऊ मान्छे बढाऊ
भोलि डेरै सरम्ला
ए घरबेटी बा ! जसरी हुन्छ
आज त ट्याङ्कीमा पानी चढाऊ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x