साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जूनकिरीको ६७ औँ शृङ्खला सम्पन्न

Nepal Telecom ad

श्री चक्रेश्वर उच्च मा.बि. च्याम्राङ्गबेसीको आयोजना तथा जूनकीरी साहित्यिक अभियान काभ्रेको सहकार्य
रहेको बृहत साहित्यिक कार्यक्रम २०७१ नामक साहित्यिक कार्यक्रम सम्पन्न भयो ।

प्रमुख अतिथि गजलकार ज्ञानु वाकर पौडेल, विशिष्ट अतिथि मछेश्वर सापकोटा, अतिथिहरू ब्रम्हप्रिय प्रेम स्वरुप,घायल योद्धा नवराज, रामहरि न्यौपाने, गोबिन्द ब. थापा, सिताराम आचार्य सागर, रबिन बिष्ट स्नेही, सच्युतराज उप्रेती, रुपक अलङ्कार लगायत सिन्धुपाल्चोक, ललितपुर, धादिङ, काठमाडौ, भक्तपुर र काभ्रेबाट आएका स्रष्टाहरूको सहभागिता थियो ।

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, अभिभावक, समाजसेवी, सर्जकहरूको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रमा चार दर्जन सर्जकले आफ्ना सिर्जना सुनाउनुका साथै स्थानीय स्ररबाट विभिन्न गीत, नृत्य, प्रहसन प्रस्तुत गरिएको थियो । कार्यक्रम विद्यालयका शिक्षक कृष्णहरि हुमागाईंले सञ्चालन गर्नुभएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x