साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इज्जत फाल्नु हुँदैन

Nepal Telecom ad

स्याललाई दशा लागे सहर छिर्छ
देशलाई दशा लागे दशथरीले पिर्छ
नेतालाई दशा लागे पार्टी फुटाउँछ
मत दिने जनताको विश्वास टुटाउँछ ।

हाँसेर बोल
हाँसोले संसार जित्न सक्छ
गान्धीको शालीन क्रान्ति ताजै छ
बन्दुकको भाषा कहाँ टिक्न सक्छ ?

सधैं आन्दोलन गर्छु
सडक तताउँछु भन्ने
ए कम्युनिस्ट नेताहरू हो
तिम्रो हवेली सधैं उच्च र
जनताको जीवनस्तर सधैं होचो
भएको देख्दा एउटा कुरा भन्न मन लाग्छ
प्रचण्डको जुँगा र
सुशीलदाको दाह्री
कतिवटा रहेछ गन्न मन लाग्छ ।

कहिले बाइस दलको आन्दोलन रे
कहिले बत्तिस दलको आन्दोलन रे
हाम्रो देशमा कतिवटा दल छ
जसले आन्दोलन गरे पनि
आखिर जनताकै घर जल्छ
देशलाई माया गर्ने को छ र खै
सधैं जङ्गे पिलर ढल्छ ।

काकाकुल काठमाडौं
कलकल बग्ने मेलम्चीजस्तो
होटल वा रिसोर्ट जहाँ बसे पनि
कहिल्यै नजुट्ने सहमतिजस्तो
हसाउँछ पासाले भनेजस्तो ।

कृषिप्रधान देशका नागरिक हामी
आलु भुटानी खान्छौं
प्याज भारतको खान्छौं
लसुन चीनको खान्छौं
नेपाली हुँ भन्ने आधार
केही पनि राखिदिएन बा
यो देशका जल्दाबल्दा कर्णधार
कोही युरोप, अमेरिकातिर जा
कोही खाडी मुलुकतिर जा
यहीं बसेर लेख्न पढ्न खोज्दा
शिक्षकले नै हड्ताल गर्छन्
विद्यार्थीले पुस्तकालय जलाउँछन् ।

रात रहे अग्राख पलाउँछ
जागिर खान जाउँ, पाँच हजार तलब आउँछ
कोठा खोज्न जाउँ छ हजार भाडा माग्छ
यही पाराले
यो देशमा कसरी टिक्ने
अब आउने नयाँ पिढीले
के सिक्ने
के नसिक्ने ?

दश वर्ष सँगै आन्दोलन गरेर पनि
अहिले आएर प्रचण्ड र किरणको ‘प्यानल’जस्तो
जनताले के बुझ्ने खै
कन्फ्युज च्यानल जस्तो ।
न्याय माग्दा प्राण त्याग्नुपर्ने देश
पहिले सतीले सरापेको भन्थे
अहिले नन्दप्रसादले सरापेको भन्न थाल्या छन्
जुन उद्देश्यले बलि चढे
तपाईंलाई के थाहा
ती सहिदका आत्मा कति जल्या छन् ।

जनताले नेतालाई
नेताले नेतृत्वलाई
नेतृत्वले विपक्ष दललाई
दोष लगाऊ
काग कराउँदै गर्छ
पिना सुक्दै गर्छ
वसन्तमा हर बिरुवा पालुवा बन्छ’रे
ढुंगाको मन पनि पग्लिएर एक दिन बालुवा बन्छ’रे
जब माया÷प्रेममा पर्छ मान्छे
तब काली अनि कलुवा बन्छ रे ।

निराश हुने अवस्था आइसकेको छैन
हामी सबैलाई थाहा छ
आश मार्नु हुँदैन
हरेस खानु हुँदैन
रिस पाल्नु हुँदैन
इज्जत फाल्नु हुँदैन ।
जोगीमारा–७, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x