साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वार्ता–ढोका खुल्ला छ

Nepal Telecom ad

बिहान आन्दोलन घोषणा हुन्छ
तर वार्ताको ढोका खुल्ला छ
असहज वार्ताले जुधे झैँ गरे पनि
बेलुकी नशालु पेयले मुख कुल्ला छ ।

एउटाले आग्राको एउटा वार्ता गर्छ
अर्कोले गाग्राको अर्को वार्ता गर्छ
सुख र सुविधामा पाकेको रसिलो
किन जनताको विश्वास र आशमा झर्छ ?

बैठक बस्छ, नेताजीहरू बस्नुहुन्छ
हातै नबढाई सहमतिमा पुग्न खोज्नुहुन्छ
वार्ताको क्रममा चढ्नुहुन्छ खस्नुहुन्छ
संविधान भन्दा उतारचढाव रोज्नुहुन्छ ।

बैठकमा तीतो वातावरण मात्र हुन्छ
अरू बेला गाडी बङ्गला र मीठो हुन्छ
संवाद, सहकार्य, एकता र मेलमिलाप
तलब, भत्ता र कमिसनमा छिटो हुन्छ ।

वार्ता सकारात्मक भयो भन्छन्
तर बिना निष्कर्ष टुङ्गिएको छ
लेखन्दासहरूले लेख्नै हिच्किचाएपछि
संविधान निर्माण फेरि रोकिएको छ ।
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x