साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमालाई ठग्ने ?

Nepal Telecom ad

देशले मागे रगत दिन सबै तयार छन्
पसिना चैं दिन परे विदेश फरार छन् ।

मूल्यवान पसिना त विदेशीले किन्छ
स्वदेशमै कहाँ कसको पसिना यो बिक्छ ?
त्यसैले त देशलाई रगत दिन तयार छन्
पसिना चैं दिन परे विदेश फरार छन् ।

एक थोपा पसिनालाई रगत धेरै चाहिने
धेरै दही मथेपछि घिउ थोरै पाइने
रगत दिन्छु भन्छ सन्तान आफ्नी आमालाई
घिउ जति विदेशीलाई दही आमालाई !

देशको माया गर्छु भन्छ देशैलाई ढाँट्दै
पसिना चैं नदिनेले रगत दिन आँट्दै
कुन आमाले कुन छोराको रगत कहाँ माग्छन् ?
थोपो रगत नबगोस् है बरु आशिष दिन्छन् !

देसले मागे रगत दिन सबै तयार छन्
पसिना चैं दिन परे विदेश फरार छन् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x