रामशरण न्याैपानेअसभ्य कविता
मैले देखेकोछु र सम्झिरहेछु
घिंरौला वा कुभिन्डोलाई छेस्काको चारखुट्टा लगाएर बलि दिएको
र वरिपरि कलिला हामीहरू
हत्केला जोड्दै छोड्दै उफ्रिरहेको
आज मेरो ठाउककमा मेरा कलिला नानीहरू छन्
उफार्नुछ उनीहरूलाई पनि खुसीले
तर बलिदिनु पर्ने वस्तु फेरिएको छ
प्रतिरोधमा दरिन नसक्ने
कलिला नङहरूको रक्षार्थ
कलङ्कित वस्तु गिँडेर
लगाइदिनु पर्ने बेला आएको छ
उसैको मालिकलाई माला
र अनुहारमा खोपाएर परिचय
छाडिनु पर्ने बेला आएको छ
यही समाजमा
जबसम्म निख्रिँदैन कुकृत्य
क्रुर पञ्जामा परेका
कलिला नानीहरूको सम्झनामा
बलिदिनुपर्ने वस्तु फेरिएको छ
दन्किनुपर्ने बेला आएको छ
प्रतिरोधको आगो
सल्किनुपर्ने बेला भएको छ
कलिला नानीहरूमा
फैलिएको भाइरसमाथि
र भाइरस फैलाउने सत्तामाथि
एक झोक्का
सल्किनुपर्ने बेला भएको छ
प्रतिरोधको आगो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































