साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असभ्य कविता

Nepal Telecom ad

मैले देखेकोछु र सम्झिरहेछु
घिंरौला वा कुभिन्डोलाई छेस्काको चारखुट्टा लगाएर बलि दिएको
र वरिपरि कलिला हामीहरू
हत्केला जोड्दै छोड्दै उफ्रिरहेको
आज मेरो ठाउककमा मेरा कलिला नानीहरू छन्
उफार्नुछ उनीहरूलाई पनि खुसीले
तर बलिदिनु पर्ने वस्तु फेरिएको छ
प्रतिरोधमा दरिन नसक्ने
कलिला नङहरूको रक्षार्थ
कलङ्कित वस्तु गिँडेर
लगाइदिनु पर्ने बेला आएको छ
उसैको मालिकलाई माला
र अनुहारमा खोपाएर परिचय
छाडिनु पर्ने बेला आएको छ
यही समाजमा
जबसम्म निख्रिँदैन कुकृत्य
क्रुर पञ्जामा परेका
कलिला नानीहरूको सम्झनामा
बलिदिनुपर्ने वस्तु फेरिएको छ
दन्किनुपर्ने बेला आएको छ
प्रतिरोधको आगो
सल्किनुपर्ने बेला भएको छ
कलिला नानीहरूमा
फैलिएको भाइरसमाथि
र भाइरस फैलाउने सत्तामाथि
एक झोक्का
सल्किनुपर्ने बेला भएको छ
प्रतिरोधको आगो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x