वासुदेव पाण्डेयचलेको छ खेलो
सहारा लिई रूखमा पुग्छ बेलो
मजा लिन्छ हल्लेर सित्तै करेलो ।
सबै मौन बस्छन् गरी स्वार्थपूर्ति
रहेको छ यो सत्य आफू अकेलो ।
उता राज्यसत्ता, सुरा, सुन्दरीमा
यता खाग बेच्ने चलेको छ खेलो ।
सकेसम्म सीमा मिची काम गर्दै
कमाएर खाने मिलेको छ मेलो ।
दिए ज्ञान बढ्दै ठुलो हुन्छ भन्थे
त्यही ज्ञानदाता कहाँ पुग्छ चेलो ?
Subscribe
Login
0 Comments
Oldest






































