साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भको कविता गोष्ठी

Nepal Telecom ad

बसन्त ऋतुको आगमनसँगै आरम्भ साहित्य मञ्चले आफ्नो ५५औँ शृङ्खला अन्तर्गत कविता गोष्ठी सम्पन्न गरेको छ । हास्यव्यङ्ग्य कवि प्रेम ओलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरूले आआप्mना कविता, गीत गजल र मुक्तक सुनाएका थिए ।

स्वर्णिमपथ सहकारीको कार्यालय मैतिदेवीमा भएको कार्यक्रममा प्रेम ओली, अभागी मानन्धर, बैरागी जेठा, रिता खत्री, पुण्य प्रसाद आचार्य, जनार्धन अधिकारी, दामोदर नेपाल, मुकुन्द दाहाल, मोहन पोखरेल, रामचन्द्र न्यौपाने बनबासी, प्रभाकार पाण्डे, रघुनाथ अधिकारी, श्यामराज पाठक, मेघा उप्रेती, दिनेश लुइटेल, जनार्दन अधिकारी, विजय विश्वास, रघुनाथ अधिकारी, सुदेश सत्याल, तारा बस्नेत, दामोदर नेपाल, उर्मिला पन्त, शैलेन्द्र पौडेल, बिदुर वस्ती, रश्मी रिमाल, शर्मिला खड्का लगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा आरम्भका नियमित समीक्षक काली प्रसाद पोखरेललाई क्यानडा भ्रमणको कामना गरिएको थियो भने कार्यक्रम सञ्चालन गजलकार दिनेश लुइटेलले गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x