सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्रष्टा आनन्ददेव भट्ट सम्मानित

Nepal Telecom ad

राष्ट्रिय जन साहित्यिक महासङ्घ स्थापनाको २६ औँ वर्षगाँठ पुस २० गते शनिवार राजधानीमा विशेष समारोहको आयोजना गरी मनाइयो । नेकपा एमालेका नेता के.पी.शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न विशेष समारोहको अध्यक्षता महासङ्घका अध्यक्ष खगेन्द्र राईले गर्नु भएको थियो ।
राजेश थापाले सञ्चालन गर्नु भएको उक्त विशेष समारोहको समुद्घाटनमा प्रमुख अतिथि के.पी.शर्मा ओलीले २६ ओटा मैनबत्ती प्रज्ज्वलन गर्नु भयो ।
उक्त अवसरमा वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई रु.२५,०००।– राशिको ‘संस्कृति पुरस्कार’ तथा सम्मान पत्र अर्पण गरिएको थियो । समारोहमा ‘सहिद कलाकार अनिलकुमार लामा स्मृति ललित कला युवा प्रतिभा पुरस्कार’ नेमबहादुर गोलेलाई प्रदान गरिएको थियो ।
समारोहका विशिष्ट अतिथि एमाले संस्कृति विभाग प्रमुख वाचस्पती देवकोटा हुनु हुन्थ्यो । उपस्थित अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ रामकृष्ण दुवाल, प्राज्ञ शान्तकुमार राई, वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट, प्रा.डा.पारसमणि भण्डारी, प्राज्ञत्रय विष्णु प्रभात, सुलोचना मानन्धर र बूँद राना, महासङ्घका पूर्व महासचिव वासुदेव अधिकारी, वरिष्ठ कलाकार लय सङ्ग्रौैला, माया ठकुरी र रमेश पोखरेल, लक्ष्मी बस्याल, थोमस बाँस्तोला, दिनेश डी.सी., श्याम तमोट, श्याम सापकोटा, तिलकबहादुर लुइटेल, रामप्रसाद प्रदीप, लगायत हुनु हुन्थ्यो ।
माधव प्रधान, रामकृष्ण दुवाल, श्याम तमोट, डम्बर पहाडी, सानु पहाडी, नारायण परिश्रमी र नारायण जर्घा मगरले सामूहिक गीत गाएर सबैको स्वागत गर्नु भएको थियो भने महासङ्घकी सचिव कालिका पाठकले शब्द स्वागत गर्नु भएको थियो ।
प्राज्ञ विष्णु प्रभातले र प्रा.डा.पारसमणि भण्डारीले वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नु भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले सम्मानित प्रतिभाहरूलाई बधाइ ज्ञापन गर्जुभयो । समारोहका प्रमुख अतिथि के.पी.शर्मा ओलीले साहित्य, स।स्कृति र कलाले समाज रूपान्तरण अभियानको नायकत्व लिन सकोस् र उन्नत संस्कृति निर्माण हुन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको थियो ।
– रमेश पोखरेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad