साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभासद्ज्यूहरु के भएको भए गलल हाँस्नुहुन्थ्यो ?

Nepal Telecom ad

सबै ६०१ जनाकै कुरा ता मलाई उति थाहा भएन तर उपाध्यक्षको नेतृत्वमा एमालेका लगभग ४० जति, त्यस्तै माओवादीका त्यो भन्दा केही बढी र काङ्ग्रेसका पनि केही जातिजनजातिका सभासद्ज्यूहरुको अहिलेलाई हाँस्ने दिन अलिक पर पुगे । के गर्ने केही नलागेपछि रुनै पर्दो रहेछ । उपाध्यक्ष लगायतका ठुलाठुला हस्तीहरु कुनै धुरुधुरु, कुनै सुँकसुँक र कुनै डाकै छाडेर पनि रोएको कुरा आयो । बढी भावुकहरु देशको मायाले रुन्छन् । कित्ता कटानमा नमिलेपछि नरोकएर के गर्ने ? देशको माया भनेको यस्तो हुन्छ । उहाँहरुलाई राम्रो गरी देशमा भागबन्डा नभएपछि रुन बाहेक अरु के गर्न सक्नुहोला त ! आफ्नै जातिका मान्छेहरुले मात्र देशको केही खण्डलाई उपयोग र उपभोेग गर्न पाउनुपर्छ भन्ने लडाइँ (अग्राधिकार भनेको त्यही ता होला नि !) सम्विधान जात्रामा लडेर पनि यस पालि सक्नुभएन विजय प्राप्त गर्न बिचराहरुले । देशको कित्ता कटान उहाँहरुले भने अनुसार मिलेन । यहाँ म एउटा कथा सम्झन्छु । मेरा गाउँमा थियो एक दुःखी परिवार १० रोपनी माटाको धनी । उसको पाँच भाइ छोराहरु थिए । पाँच भाइमा बरोबरी अङ्स लगाउँदा र बन्डा गर्दा पनि कान्छो चाहिँले रोएर रडाको मचाउँदै घरमाथिको कटहरको बोट मेरा भागमा पारिदेओ भनेर धुरुधुरु रोएको थियो । यो कुरा मलाई अहिलेका सम्विधान जात्रामा नाच्ने लाखे साम्सदहरु रोएको कुराले सम्झायो । जुन पार्टीले वा जसले विभिन्न पातिएकाहरु (समानुपातिक ?) का नाममा टुप्पी समातेर माथि तान्यो तिनको नुनको सोझो पनि नगर्ने फेद कटुवाहरु रोएको देखेर मलाई पनि झन्डै रुन मन लाग्यो । यी कित्ताभक्तहरु पनि देशको कित्ता कटानमा कुरा नमिलेपछि बरु छुट्टिएरै भए पनि अङ्स खोज्दै थिए । अङ्स नपाएको कारणले पनि यिनीहरु अलिकति रोएका हुन् । अहिले अरु पनि अङ्सको लडाइँमा लागेका छन् । रुनु रुन तयार छन् भिड्नु परे भिड्न तयार छन् । फुट्न परे त्यसमा अझ अघि छन् । जुट्न ता अब किन पर्ला र ?
यिनीहरुको सपनामा पनि नचिताएको उल्फाको धन अर्थात् भत्ता गुम्यो, एनजिओहरुबाट पाइने लुट छुट्यो, शीतताप नियन्त्रणयुक्त भवनको त्यो बैठकमा कति राम्रो गरी सुतेर सपना देख्थे दिउसोमासै, त्यो सब छुट्यो, एस.एल.सी. पास नहुनेहरु छोराछोरीलाई लगाएर परीक्षा उत्तीर्ण हुन्थे अब त्यो पनि हरायो । अलि माथिल्लोहरु रातो सेतो वा कालो पासपोर्ट बेच्थे त्यो पनि हरायो अनि नरोए के गरुन् त बिचराहरु ! न देशको केही रोपनी जग्गा आफ्नो जातिलाई छुट्याउन सके, न देशका विविध स्रोतको पहिलो हकदारको रुपमा आफू र आफ्नो जातिका मान्छेहरुलाई उभ्याउन सके न चुरे भावरको गेगर हात पारे, न सखुवाका केही टुना, न रक्तचन्दन, न वन न त पानी नै हात प¥यो । यसरी केही पनि हात नपारी ढक्रिनु परेपछि नरोएर के गरुन् त बिचरा ! अझ अन्तमा बोनससम्म पाएको भए ता अलिक हाँस्थे कि ! त्यो पनि कटौती गरिदिए पापीहरुले, अनि नरोई भयो ?
हो यिनीहरु देशका ११८ जातिहरुलाई ११८ ओटा कित्ता काट्न पाएका भए अवश्य पनि हाँस्थे होला, बिलो बिलो लगाएर देशलाई धुजाधुला पारेको भए हाँस्थे बडो धौ फुकाएर । त्यसो हुन पाएको भए ता जनतासम्म पुगेर गौरवका साथ भन्ने थिए—लौ तिमीहरुका लागि अलिकति माटो ल्याइदिएका छौं, यसैमा हाँसौं, यसैमा नाचौं, यसैमा बाँचौं अन्यत्रको दुनियाँसँग हामीलाई कुनै मतलब छैन । लौ यही माटो खाऔं, यसैमा गोब्¥याऊँ भन्दै खुसी हुन्थे र हाँस्थे होला, हाब्रो च्यातिने गरी गलललललल हाँस्थे होला । बबुराहरु यस बाजिको सम्बिधाननाच र यस जात्रामा चार वर्षसम्म पनि हाँस्न पाएनन्, रुनु मात्र यिनको भाग्यमा लेखिएको रहेछ । अबको अर्को चार वर्षको सम्बिधनजात्रामा ता हाँस्ने औरस पाउलान् कि त ! कि कसो त ?
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x