साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशै सर्वत्र माफिया !

Nepal Telecom ad

पानी वा बिजुली भिसा सुन तथा, शिक्षा र दीक्षा सबै
नाना इन्धन ग्यास चामल तथा, ठेक्का र पट्टा अझै ।
यातायात अकास वा अवनिको,सम्राट नै माफिया
हेरुम् गौर गरेर सज्जन सबै, सर्वत्र यो माफिया ।।१।।

हेरुम् सम्सद कार्यपालक जहाँ, जूरे सबै माफिया
हेरुम् मेडिकलै र हस्पिटलमा, बग्रेल छन् माफिया ।
सर्कारी सब अङ्ग अङ्गभर नै, झर्का दलाली किरा
जो छन् गैर–निकाय शोसक कडा, हैजासरीका झिँगा ।।२।।

माफीया दलका दलाल हुन गै, सिद्धान्त गर्ल्याम्म भो
मात्रै तस्करले दलै निलिदिँदा, आदर्श देहान्त भो ।
हेरुम् है सब क्षेत्र देसभरका, चुस्दैछ त्यो माफिया
निस्के ब्रोकर घोर जोकर यिनै, नेपाल पार्छन् मिया ।।३।।

यै अन्न्याय बुझेर डक्टर उठे, सत्याग्रही हातमा
हे गोविन्द ? सलाम गर्छ जनता, देशै पर्यो रातमा ।
आउ हे जनता लडुम् दमनको, सिक्री चुडालुम् अब
हामी एक हुँदा दलाल चुसुवा, ढल्छन् लुटेरा सब ।।४।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x