सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देशै सर्वत्र माफिया !

Nepal Telecom ad

पानी वा बिजुली भिसा सुन तथा, शिक्षा र दीक्षा सबै
नाना इन्धन ग्यास चामल तथा, ठेक्का र पट्टा अझै ।
यातायात अकास वा अवनिको,सम्राट नै माफिया
हेरुम् गौर गरेर सज्जन सबै, सर्वत्र यो माफिया ।।१।।

हेरुम् सम्सद कार्यपालक जहाँ, जूरे सबै माफिया
हेरुम् मेडिकलै र हस्पिटलमा, बग्रेल छन् माफिया ।
सर्कारी सब अङ्ग अङ्गभर नै, झर्का दलाली किरा
जो छन् गैर–निकाय शोसक कडा, हैजासरीका झिँगा ।।२।।

माफीया दलका दलाल हुन गै, सिद्धान्त गर्ल्याम्म भो
मात्रै तस्करले दलै निलिदिँदा, आदर्श देहान्त भो ।
हेरुम् है सब क्षेत्र देसभरका, चुस्दैछ त्यो माफिया
निस्के ब्रोकर घोर जोकर यिनै, नेपाल पार्छन् मिया ।।३।।

यै अन्न्याय बुझेर डक्टर उठे, सत्याग्रही हातमा
हे गोविन्द ? सलाम गर्छ जनता, देशै पर्यो रातमा ।
आउ हे जनता लडुम् दमनको, सिक्री चुडालुम् अब
हामी एक हुँदा दलाल चुसुवा, ढल्छन् लुटेरा सब ।।४।।
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’