साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिर्जना वाचन कार्यक्रम

Nepal Telecom ad

काठमाडौँ, २०७२ जेठ १६ । टुँडिखेलमा भूकम्पको अनुभूति सम्बन्धी सिर्जना वाचन कार्यक्रम सम्पन्न भयो ।
नेपाल मुक्तक प्रतिष्ठानको संयोजनमा सम्पन्न कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो ।

भारतको गुजरातस्थित वीरायतन संस्थाकी सञ्चालिका आचार्य चन्दना, कवि रत्नशमशेर थापा र संस्कृतिकर्मी साहित्यकार चेतन कार्कीको विशेष आतिथ्यमा भूकम्पका स्वरहरू सिर्जनावाचन गरिएको थियो ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्व र प्रतिष्ठानका महासचिव रमेश पौडेलको सञ्चालनमा सम्पन्न सिर्जना वाचन कार्यक्रममा साहित्यकारहरूले भूकम्पको अनुभूति सम्बन्धी रचना प्रस्तुत गरेका थिए ।

उषा शेरचन, यादव भट्टराई, हीरा सुनुवार, गोकुल अधिकारी, रूपेश श्रेष्ठ, मुरारि सिग्देल, अञ्जना पौडेल, आनन्द श्रेष्ठ, रुद्र अधिकारी, कल्पना श्रेष्ठ, प्रह्लाद पोख्रेल, कोषराज न्यौपाने, दिनेश अधिकारी, विष्णुबहादुर सिंह, शशी थापा पण्डित, निशा के.सी., रमेश पौडेल, राष्ट्रकवि घिमिरे र रामकाजी कोनेले आफ्ना भूकम्प सम्बन्धी सिर्जना वाचन गर्नु भयो ।

उक्त अवसरमा टुँडिखेलका शिविरहरूमा रहेका भूकम्प पीडितहरूका बालबालिकाले भाग लिएको चित्रकला प्रतियोगितामा पुरस्कृत बालिकाहरूलाई राष्ट्रकविले पुरस्कार वितरण गर्नुभयो । पुरस्कृत बालबालिकाहरूमा देविका शाही, आयुषा श्रेष्ठ र सुशीला अधिकारी थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x