साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के हुन्न हामी उठे

Nepal Telecom ad

फाट्यो यो धरती कि यो जगत नै भाँजा फुटी भासियो
आई कम्पन जोडको सबकुरा सर्वस्व पारी गयो
भत्काई घरवास निघर्र गर्यो निष्ठूर आतङ्कले
आउ साम्य गरौं मिली प्रलय यो के हुन्न हामी उठे ।

भत्के मन्दिर भत्कियो धरहरा भत्के सबै देबल
भत्कियो इतिहास यो मुलुकको हामी बन्यौं दर्शक
आफन्ती कतिका गुमे कति अझै सन्तप्त छन् घाइते
आऊ हात मिलाउँदै अब उठौं के हुन्न हामी उठे ।

आउँछन् विपदा निरन्तर नयाँ यै लोकको रीत हो
आँधी चल्छ चट्याङ खस्दछ कतै रोकेर रोकिन्न त्यो
पुछ्दै आँसु उठौं न संयम गरौं रोई बसी हुन्छ के
धर्ती बञ्जर छैन पौरख गरौं के हुन्न हामी उठे ।

अर्काको भरमा बसेर घरको चूलो कहाँ तात्छ र
मागेको परिधानबाट जन होे जाडो कहाँ जान्छ र
हाम्रो जाँच हुँदैछ है समयको गाडी चढौं छुक्छुके
आफै बाँच्न सकिन्छ हिम्मत गरे के हुन्न हामी उठे ।

यौटा जीर्ण थियो ढल्यो धरहरा अर्को ठड्याऊँ नयाँ
यौटा वस्ती उजाडियो अव सयौं वस्ती बसालौं नयाँ
धेरै होइन एक एक जनले ढुङ्गा र ईंट्टा थपे
अग्लिएर चुलिन्छ त्यो धरहरा के हुन्न हामी उठे ।

भत्कन्छन् जगका पुरातन कुरा निर्माण हुन्छन् नयाँ
मुर्छाबाट उठेर नूतन नयाँ खोजौं न सम्भावना
हाम्रा सिर्जनशील हात दरिला यी पाँचकोटी जुटे
अग्ल्याउन सकिन्छ यो मुलुक नै के हुन्न हामी उठे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x