साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्पको गुर्र अर्थात् प्रेमपत्र

Nepal Telecom ad

प्रिय नेपाली जनता, गुर्र ! अर्थात् धेरै धेरै माया एवं शुभाशिष् ।

गएको १२ वैशाखदेखि निरन्तर तिमीहरूले मेरो आलोचना गर्दै र सराप्दै आएकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यद्यपि, म तिमीहरूले जति गाली गरे पनि रिसाएको छैन । मेरो फेसबुकको वालमा र ट्वीटरमा पनि मलाई गालीगलौज गर्ने, सरुवा गरिदिने, स्पष्टीकरण सोध्नेजस्ता ठट्टाहरू आइरहेका छन् । भूकम्पले घरबार लडायो, दरबार लडायो, धरहरा ढाल्यो, मान्छे मार्‍यो इत्यादि भनेर मलाई दोष थोपरिँदै छ । भोजभतेरमा, भेटघाटमा, घाटमा, पालमा, अस्पतालमा, अफिसमा जतासुकै मेरो बदख्वाइँ गरिँदै छ । हाँसउठ्दो कुरा त के छ भने एक आनामा बनेको आठ तले घरका घरबेटीहरू, दलदलेमा बनेको २० तले घरका साहूहरू पनि मलाई नै धारेहात लगाइरहेका छन् । हुँदाहुँदा नगरपालिकाको इन्जिनियर पनि मलाई नै गाली गर्दै रहेछ । उसको घर मैले बांगो पारिदिएँ रे ! आफ्ना गल्ती ढाकछोप गर्न अरूलाई दोष लगाउने तिमीहरूको बानी कहिले जान्छ हँ ?

सोझासाझा, अशिक्षित र दूरदराजका मानिसहरू कुरा नबुझेर मसित रिसाउनु ठीकै हो । म आएर गएपछि तिमीहरू कति घरबारविहीन भयौ । कतिले आफन्त गुमायौ । कतिको पालको बास भयो, कतिको आँसुको गाँस भयो । तर, यसमा मेरो के दोष ? मैले त तिमीहरूलाई, तिमीहरूको कुम्भकर्णे सरकारलाई, नीति निर्माताहरूलाई र नेताहरूलाई चेतावनी मात्र दिएको हुँ । म साँच्चिकै आएको होइन । साँच्चिकै आएको भए यत्रै मात्र आउँथेँ ? म मध्यरातमा आएको भए के के हुन्थ्यो ? तिमीहरूले अनुमान गरेकै छौ त !

हे नेपाली जनताहरू ! खाँटी कुरो के हो भने तिमीहरूले मेरो अपमान नगरेको भए मैले तिमीहरूको एउटा रौँ पनि झार्न सक्ने थिइनँ । १९९० सालमा तिमीहरूलाई मैले सचेत गराएँ, ०४५ सालमा सम्झाएँ, बीचबीचमा पटकपटक झस्काएँ । तिमीहरू कानमा तेल हालेर घर नामको धराप थापेर त्यसैमा बस्ने अनि मलाई गाली गर्ने ? नपरी नचेत्ने र चेते पनि तुरुन्तै बिर्सने तिमीहरूको नानीदेखिको बानीले गर्दा तिमीहरूले दु:ख पाएका हौ, मैले बदनामी सहनु परेको हो ।

ल हेर त, कमिलो जत्रो जमिनमा जिराफ जत्रो घर ठड्याउने अनि मैले यसो कान्छी औँलो हल्लाउँदा भूकम्पले ढाल्यो भनेर मैतिर औँलो ठड्याउने ? मुसाका ढाडमा हात्ती अड्याएर चटक देखाउने अनि मैले लामो सास फेर्दा हात्ती लड्यो भनेर मलाई गाली गर्ने ?

कुरा बुझ, म तिमीहरूलाई मार्न होइन, सातो झार्न मात्र आएको हुँ । घरबाट भगाउन होइन, भित्रैदेखि जगाउन आएको हुँ । भूगर्भमा नमिलेका प्लेट मात्र होइन, तिमीहरूको मन र पेट पनि मिलाउन आएको हुँ । त्यसैले मलाई गाली गर्न छाडेर देशको पुन:निर्माणमा लाग ।

विपत्तिलाई सम्पत्तिमा परिणत गर । राहतका सामग्री झ्याप पारेर सम्पत्ति बनाऊ भनेको चाहिँ होइन नि फेरि !

म पुन: सचेत गराउँछु, आइन्दा घूस खाएर वा खुवाएर आफ्नै काल निम्त्याउने घर कसैले नबनाउनू । जिजुबाजेका पालामा ढुंगा र माटो थुपारेर बनाएको धमिराले नै लडाउन लागेको घरमा बसेर नघुर्नू । आयु पुगेको घर आफैँ भत्काउनू । मैले भन्द्या छु, मेचीदेखि कालीसम्मका नेपाली हो, आफ्नो थैलीको मुख आजैदेखि बाँध्न थाल, पछि मलाई दोष नलगाउनू । गुर्र ! अर्थात् धन्यवाद !
नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x