साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राहतका किटाणु चिनौँ

Nepal Telecom ad

क्षतिपूर्ति दिने टोली घरमा पुग्न खोज्दछ
सामान्य क्षतिकै लागि हत्ते गर्नु त व्यर्थ छ ।

निर्विकल्प हुनेलाई दिऔँ राहत बेसरी
विकल्प जसमा हुन्छ नलिऔँ त्यो कसैगरी ।

निःशुल्क पाइयो भन्दै कुनै राहत नै पनि
नलिँदाँ नहुनेजस्तो लागे त्यो नलिऔँ अनि ।

पाइयो सहजै भन्दै सक्नेले नलिऔँ कतै
लिएमा ग्लानिको भाव जागोस् आफैँ जताजतै ।

बढी क्षति हुनेलाई सबैको साथ झन् रहोस्
आफूले नलिँदा राम्रो अरूकै हातमा परोस् ।

आफूभन्दा कयौँ दुःखी तिनको सम्झना गरौँ
घाउको अवस्था हेरी मानवी भावना छरौँ ।

बढी लागतको भारी जोसुकैको नहोस् अझै
व्यक्तिको अवस्था हेरौँ यद्वा ल्याकत नै सबै ।

क्षति राहतको काम सबैमा एउटै नहोस्
निरुपाय बुझौँ पैलै तिनकै हातमा परोस् ।

समाज बलियो हुन्छ चिन्छ समाजले सबै
पहिचान गरौँ स्वार्थी लोभी आशक्त वास्तवै ।

किटाणु अरु क्यै हैन लोभी स्वार्थी प्रवृत्ति हो
निःशुल्क पाइयो भन्दै नराख्नु नै नवृत्ति हो ।

उनै पहुँचका व्यक्ति लाभान्वित हुँदै नहून्
चिनौँ कोही भए त्यस्ता तिनका शिर नै झुकून् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x