साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाको फोन !

Nepal Telecom ad

बाबु !
यतातिर त
धरती काँप्न नि रोकिएन
आकाश गड्गडाउन नि रोकिएन
भुइँचालो नि हाम्रैतिर सर्यो भन्छन्
खै, यो बर्खा काटे त हिउँद आउँदो हो …

सहस्र प्रहार खेपेर
इस्पात बनेका बाको आवाज
किन काँपिरहेछ फोनमा ?

भुइँचालो पछि गाउँ जाँदा त ठिकै थिए बा,
भन्दै थे–
केही थान पानी कागज
र दुइचार पोका चाउचाउ–बिस्कुट लिएर
एक हुल ठिटा ठिटी
छिल्लिँदै आका’थे फोटो खिच्न यतातिर
तिमेरुको सहरा’ट !

भन्दिएँ भन्थे–
के जात्रा हँसाको ?
जाने नै भए जानु नि माथिहुँदो गाउँमा
जहाँ नभत्केको केही छैन
यता त,
मात्र घर–गोठ न हो भत्केका
राखन–धारन न हो पुरिएको
मध्ये दिनमा आयो भुइँचालो
चरनले जोगिए प्राय बस्तुभाउ
मेला पातले बँचायो मान्छे
गाउँ जति नै भत्के नि
मन त भत्केको छैन नि !

सम्झें,
ठुलीआमा एक्लैथिन् भत्केको घरमा
बारीकै कान्लामा थिन् माइलीआमा
आँगनहुँदो थे दाजुभाइहरु
गाउँ कतै थिएन घरमा
घर कतै थिएन गाउँमा
बारीमै छन् कि गोठ सरे होलान् कुन्नि घरहरू ?
धाँजा फाटेको छ भन्थे गाउँ माथिको पाटो
कतै पैरो त चलेन ?
उर्लेको छ भन्थे मर्स्याङ्दी
कुनै अनिष्ट त गरेन ?

भन्न त सबै ठिक छ भन्थे बा,
उनी त पीडा लुकाएर पहाड उभिने मान्छे
मृत्यु जितेर जीवन जिउने मान्छे
झिना मसिना बिपत्तिमा त नआत्तिनु पर्ने
किन काँप्यो होला हँ बाको आवाज फोनमा ?

बा,
बिचारको सिरानी हालेर
झण्डा पूजा गर्ने मान्छे
आफ्नै झण्डाले गरेको बदमासी
कसरी सुने होलान् रेडियोमा ?
कति भत्क्यो होला त्यो सम्चारले भत्कन बाँकी मन
नत्र, सानो तोडले काँप्ने मान्छे हैनन् मेरा बा
किन काँपिरहेछ हँ बा को आवाज फोनमा ?
पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x