सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुम्भकर्णश्च, शनि वा झूर तस्कर

Nepal Telecom ad

अनुकूल हुँदा आफ्नो, बिर्सिदिन्छौ परम्परा ।
प्रतिकूल हुँदा आफ्नो, सम्झिदिन्छौ परम्परा ।।
नेपाली दलमा यस्तै, उम्रन्छन् अबिरा किरा ।
‘सभा’ पाताल पुग्ने भो ,दलमा छन् चिरै चिरा ।। १।।

‘सभा’ बोलाउने मुद्दा, जुध्धा जुध्धा ढिलाइयो ।
जुङ्घाको युध्द चालेर, निराशा झन् पिलाइयो ।।
फुट्ने जुट्ने र लुट्ने नै, कुत्ता—सुँगुर आदत ।
क्यै गरे पनि सप्रेनन्, हाम्रा यी खल नायक ।। २ ।।

जराजीर्ण कुसम्स्कार, सामन्ती उग्र चिन्तन ।
टीका बक्सिस थापेर, नेताको नीच गर्जन ।।
साला सम्धी भदा जोई, समानुपात—पातकी ।
भन्न थाले सबै मान्छे, नेता घातकी—बापती ।। ३ ।।

फोश्रै भो मतको दान, न्याश्रै भो योग्य—नायक ।
भुँडीभक्त फुँडीजस्ता, दलका शीर्ष नायक ।।
घिउ तर्बार बेच्ने झैं, बगरे डमी लस्कर ।
अगस्ती कुम्भकर्णश्च, शनि वा झूर तस्कर ।। ४ ।।
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल