साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुद्ध लेख्न सिकाउनेहरू नामै अशुद्ध लेख्छन् !

Nepal Telecom ad

२०३१ सालको कुरा हो । काठमाडौँबाट आदमघाट पुग्नका लागि ‘विद्यार्थी परिचय–पत्र’ हुनेहरूले साढे चार रुपियाँ तिरे पुग्थ्यो । बाले ५ रुपियाँ पठाइदिनुभएको थियो । नरदेवीमा डेरा थियो । काठमाडौँ भीमसेनस्थानको बाटो भएर घरतिर लागेँ । बाटामा लङ्गुरबुर्जेहरू जताततै थिए । सुरथमा यसो एक सुका थापिहेरेको त तेब्बर थपिएर आयो । चार सुकाको एक रुपियाँ भइहाल्यो । साइत परेकै रहेछ भन्ठानेँ । जितेको तीन सुका छउन्जेल खेल्नै पर्यो नि ! एकै चोटि एक रुपियाँ राखेँ, इट्टामा । खाइदिए । दुई रुपियाँ राखेँ । त्यो पनि पचाए । बाँकी तीन रूपियाँ थापेँ । मजस्तै आशावादी अभागीहरू अरू पनि थिए । एक जनाले त बीस रुपियाँ नै थापेका थिए । लगभग सय रुपियाँ झरेको थियो । अब त कसो नपर्ला ! भनेर जुँगाको रेखी सुमसुम्याएँ । थोरै पैसा मेरै दाउमा थियो । तिनले झेल गर्दा पनि मैले जित्नुपर्ने !
अलि पर तिनै लङ्गुरबुर्जेका लङ्गुरेहरू बसेका रहेछन्, कराए–“पुलिस वल !” एक जना पैसा मुठ्याएर गल्लीतिर भाग्यो । चार–पाँच जना त्यसकै पछुवा भए । बाँकी रहेको डाँकू ओछ्याएको टालो च्यापेर टाप कस्यो । हामी हेरेको हेर्यै !
गइएन घर । सातै जना दिदी–बहिनी भेला भएछन् । भाइ आउला ! टिको लाउँला ! अपराह्नसम्म मेरै बाटो हेरेर बसेछन् । आफू चाहिँ माथिदिदीको डेरातिर धाइयो । उधारो टिको लाइयो ।
नेपाली भाषाको वर्ण–विन्यास–सम्बन्धी गोष्ठीहरू पनि ठ्याक्कै लङ्गुरबुर्जे शैलीमा सम्पन्न भएका छन् । सहभागीलाई एक थरी कार्यपत्र सुनाइन्छ । तिनलाई प्रतिक्रिया दिन पनि लगाइन्छ । सहभागी अभागीहरू चिच्याउँछन् । तर्क तेस्र्याउँछन् । प्रमाणको माड बगाउँछन् । जलपान गर्छन् र फर्कन्छन् । उता आयोजकको आँखामा पट्टी बाँधिदिएर दुई–चार जना प्रायोजित पण्डितहरूले प्रायोजित निर्णय प्रचार गर्छन् । कार्यपत्रको आशय र सहभागीको इच्छाका विपरीत आफ्नै अभीष्ट पोस्छन् ।
तिनै पण्डितहरू सोह्र सराधका बाहुन डुलेझैँ दशतिर डुल्छन् । आफ्नै पुराण पल्टाउँछन् । व्यास, वाल्मीकि आदि महर्षिको उपहास गर्छन् ।
पद तिनका लागि शस्त्र हो । शस्त्र–बल लगाएर शास्त्र–बललाई च्वाट्टै काटिदिन्छन् । सोच्दै नसोची झ्वाट्टै निर्णय दिन्छन् । असजिलो जति हटाउने ! असजिलो अरू कसैलाई भएको हुँदैन । तिनले नजानेका कुरा जति सबै व्याकरण–विरुद्ध मानिन्छन् ।
अक्षरका छाती चिर्नेदेखि शब्दका घाँटी रेट्नेसम्मका अपराधहरू तिनका लागि क्षम्य छन् । तिनलाई नेपाली अक्षर हटाउँदा नेपाली देवी–देवता रिसाउँछन् भन्ने कुरामा कुनै चासो छैन । कसैले अकाट्य तर्क तेस्र्यायो भने भनिदिन्छन्–वर्ण–विन्यास व्याकरण नै होइन, ढर्रा मा त्रै हो ।
तिनले जे–जे बोले पनि हुने, जे–जे गरे पनि हुने ? बिचराहरूलाई आफ्नै नाम र थर पनि लेख्न नसकेर पर्नुसम्मको पिरलो पनि परेको छ । वर्णविन्यासका नाइके हुन चाहने तारानाथ शर्मा ताना सर्मा बने । हेमाङ्गराज अधिकारी क्रमशः हेमाङ्गराज अधिकारी हुँदै हेमाङ्ग राज अधिकारीमा आइपुगेका छन् । आफ्नै नाउँको बलि दिएर भए पनि यिनलाई अहङ्कार जोगाउनु छ । हुँदा–हुँदा माधवप्रसाद पोखरेलले समेत आफ्नो पुरुष–सूचक प्रसादलाई छुटाएरै छोडे । २०६५ देखि उनी माधव प्रसाद पोखरेल भएका छन् । टंकप्रसाद न्यौपाने टङ्कप्रसाद न्यौपाने भएका छन् । बद्रीविशाल भट्टराई अचेल बद्री विशाल भट्टराई हुन पाउँदा दङ्ग छन् । जिउँदो नेपाली भाषालाई ‘जिम्दो नेपालि भासा’ बनाउन्जेल शिवराज आफू चाहिँ शिवराजै थिए । रङ्ग न ढङ्गका नियम बनाउँदै हिँड्ने शिवराज आचार्य सिवराज आचार्यसम्म बने । त्यसपछि झल्याँस्स बिउँझिएका उनी पुनः शिवराजमा फर्किएका छन् । अब भन्नुहोस्, यिनले शुद्ध नेपाली लेख्न कसरी सिकाउँछन् ?
नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x