साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जस्तो पनि हुन्छ !

Nepal Telecom ad

अङ्कित एकाबिहानै मेरो कोठामा आयो । ऊ भर्खरै गाउँबाट काठमाडौँ सहरतिर आएको थियो भ भने केही वर्ष पहिलेदेखि नै काठमाडौँमा बस्ने गरेको थियो । सामान्य गाउँले दाजुभाइको भलाकुसारी पछि उसले आफ्नो काठमाडौँको बसाइको समस्या र फुर्सदमा हुने असमञ्जस्यता व्यक्त गर्दै एउटा जागीर लगाइदिन मलाई आग्रह ग¥यो ।
‘दाइ ! एउटा जागीर लगाइदिनु पर्यो, अलि बिजी पनि हुनु प¥यो ।’ उसले गफकै प्रसंगमा भन्यो ।
मैले भनेँ— ‘के जागीर खान्छौ र भाइ ! यहाँ त्यस्तो सजिलो छैन काम पाउन र काम गर्न ?’
अङ्कितले फेरि भन्यो– ‘जस्तो भए पनि हुन्छ, काम त म जस्तो पनि गर्न सकिहाल्छु नि !’

यसरी गाउँको भाइले अनुनय विनयकै शैलीमा जागीरको कुरा गरेपछि मैले आफ्ना साथीसँगीलाई आग्रह गर्दै स्कुलमा जागीर लगाइदिएँ । काममा गएको दिन बेलुकै मेरो कोठामा पुनः आयो र भन्यो— ‘दाइ स्कुलमा त झ्याउ लाग्यो । अन्तै कतै काममा लगाइदिनु पर्यो ।’
‘के काम लगाइदिने बाबु ?’ मैले सोधेँ ।
उसले पुनः भन्यो, ‘जस्तो भए पनि जे भए पनि हुन्छ ।’

मैले पुनः म्यानपावर कम्पनी, उद्योग, पसल आदि विभिन्न ठाउँमा उसलाई काममा पठाइदिएँ । उसले जुन ठाउँमा गए पनि मलाई भेटेपछि, कुनैमा ‘मजा नै आएन’, ‘झ्याउ लाग्यो’, ‘राम्रो भएन’, ‘बोर लाग्यो’, ‘मन परेन’ जस्ता कुरा गरिरह्यो ।

एक दिन बिहानै हस्याङफस्याङ गर्दै ऊ आयो र रुन्चे स्वरमा भन्यो— ‘दाइ काममा लगाइदिनु पर्यो ?’
मैले भनेँ, ‘फेरि के काममा लगाइदिने भाइ ?’
उसले फेरि उही पारामा दोहोर्यायो, ‘जे भए पनि हुन्छ, जस्तो भए पनि हुन्छ !’
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x