साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्पले गर्नु गर्या छ

Nepal Telecom ad

यो भूकम्पले साथी
तपाइलाई खै कस्तो गर्या छ
आफूलाई त बजियाले
गर्नु गर्या छ ।

कहिले भात खानै लागेको बेला आउँछ
कहिले स्नान गर्न जाने बेला आउँछ
कहिले त बजिया
ट्वाइलेट छिरेको बेला आउँछ
आयो आयो भनेपछि
आफ्नो के आउँथ्यो र
कपडा समाल्दै भाग्नु पर्या छ
बेला न कुबेला आएर
यो भूकम्पले गर्नु गर्या छ ।

आउने नै हो भने
घरमा आउने पाहुनाले झैं
फोन गरेरै आउनु नि
कि चाँडो चर्पी गएर आइन्थ्यो
कि भूकम्प गएपछि गइन्थ्यो
कि जाँदै नगई बसिन्थ्यो
बेकारमा पटक पटक
यसरी किन फसिन्थ्यो ।

यो सरकार पनि यो बेला
खुला दिशामुक्त क्षेत्रलाई
खुल्ला गरी दिए हुन्थ्यो
कमसेकम शौचालय जाँदा
मान्छे ढुक्कले त जान्थ्यो ।

भोक लाग्छ खानै पर्यो
त्यो लाग्छ जानै पर्यो
अझ जाँदा चुक्कुल पो लाउनै पर्ने
यो चुक्कुलमा त
कति पटक नराम्ररी फँस्या छु
ढोका नै खोल्न नसकेर
मरिने भो भन्दै
थचक्क बस्या छु ।

भूकम्प र ट्वाइलेट पनि
सँगै आउनु पर्ने
कम्पिटिसन नै गर्या जस्तो
दुई झगडिया पार्टीको कार्यक्रम
एकै दिन पो पर्या जस्तो ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x