साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोबन गयो बैँस त…

Nepal Telecom ad

म नेता जिती भोट, बस्दैछु माथि,
म आनन्दले रम्छु नोटै समाति ।
यता भोटदाता कुनै सम्झिएन,
गयो जोबनै बैंस जाँदै गएन ।।

कमी हुन्न याहाँ न ता हुन्छ खाँचो,
सधैं झूटलाई बनाएर साँचो ।
गरें चर्तिकाला अझै धित् मरेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

सधैं लोभ लाग्नेछ बानी बसेको,
अहोरात्र देख्दैछु मान्छे खसेको ।
तथापि स्वयं मर्छु भन्ने भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म साँढे यता वा उता चर्न सक्ने,
सबै नै मरून् जे गरून् भोग गर्ने ।
त्यही रोग लागेछ जाती भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म मन्त्री बनी हक् जमाएर बस्छु,
किशोरी त्यहाँ एक भर्ती म गर्छु ।
असत्ती छ यो मन् कसै थामिदैन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म भेटेजति ख्वाप्प निल्दिन्छु आज,
बसी मेचमा ठस्ठसी राजकाज
गरें जोसमा होस केही रहेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म ता भोटमा ओठले गर्छु काम,
नजित्ने भए नोटले गर्छु काम ।
म झैं धूर्त नेता कतै भेटिएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म खाऊँ म लाऊँ गरूँ मोजमस्ती,
लजाई बसून् काखमा म्यामजस्ती ।
यही धङ्धङी आजसम्मै गएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म पाउन्नथें खान केरा कदाचित्,
पर्यो स्वर्ण मौका र खाएँ भकाभक् ।
कति भ्याइयो होस केही भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

पखाला चल्यो टुर्र झन् टुर्र फेरि,
पस्यो अख्तियारी त्यहीं दाउ हेरी ।
परें खोरमा चोरझैं, क्यै चलेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

कठै देश थारो छ लागेन बाली,
बहर् गड्गडीमा छ खाएर छाली ।
बुढो गोरु ढुक्दैछ, बन्दैन काम,
गयो जोबनै बैंस जाँदैगएन ।।

गयो हेर्न मेला त्यहाँ इस्क गर्छन्,
स्वयं कोरली नै बहरसाथ चर्छन् ।
कठै बृद्धको चित्त चोखो रहेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

कसैले हजुर्बा भने चित्त दुख्छ,
बिना काम बाजे भने रीस उठ्छ ।
धरोधर्म बुढो छु भन्ने भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

कसैले भने भाइ उफ्रेर नाच्छु,
मुसुक्कै गरी मन्द मुस्कान हाँस्छु ।
सबै केश पाकेछ थाहै भएन,
गयो जोबनै बैंस जाँदैगएन ।।

जबानी छँदा ऐसमा पात्तिएको,
घमण्डीपनाले थिएँ मात्तिएको ।
झरे दाँत बत्तीस तृष्णा झरेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

म सानो छँदा बा सधैँ भन्नुहुन्थ्यो,
मजस्तो हुँदा चेत फर्किन्छ यस्को ।
हजुर्बा भएँ चेत किञ्चित् फिरेन,
गयो जोबनै बैंस जाँदैगएन ।।

सहारा छ लाठी सधैँ एक साथी,
चिठीपत्रद्वारा नि डाक्दैछ माथि ।
अझै के गरूँ यौनलिप्सा गएन,
गयो जोबनै बैंस जाँदैगएन ।।
सुरूङ्गा, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x