साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तारेमाम बाज्या तारेमाम

Nepal Telecom ad

तारेमाम बाज्या तारेमाम
ल आज हाम्रै घरमा जाम
सँगै बसेर भुटन छोइलासँग
अलिकति ओइला पनि खाम ।

हाम्रो बाज्याले भनेको
पहिले पनि तिमी
हाम्रै घरमा आएकाथ्यौ रे
त्यो बेला
चिउरा र अचार मात्र खाएकाथ्यौ रे
अब त तिमी पनि
अरु बाज्याले जस्तै
बारा चटामरी खान्छौ होला
कचिला र सेकुवासंग
वासा पनि तान्छौ होला
आजभोलि
यहाँका बाज्याहरू त
मजाले ठुलो खसी पेटमा छिराउँछन
लाग्छ आउँदो दशैंमा
सानो खसिको ठाउँमा ठुलै खसी
आँगनमा गिराउँछन् ।

लसकुस बाजे लसकुस
ल आज हामै्र घरमा बस
के छ तिम्रो हालखबर
बरु बताऊ रसरस
यहाँ त जमना धेरै बदली सक्यो
मान्छे पनि धेरै बदली सक्यो
रामहरू सबै भागिसके
रावणहरू मात्र बाँकी छन्
पान्डपहरू पनि हारिसके
कौरब नै कौरबको बागी छन्
सत्त जस्ले पनि छोड्न सक्छन्
तर सत्ता यहाँ कसैले छोड्दैनन
लात्ता जस्ले पनि छोड्न सक्छन्
तर भत्ता कसैले छोड्दैनन् ।

अब तिमी पनि रामायण होइन
रावणायण लेख बाज्या रावाणायण
कस्ले पढ्ने तिम्रो त्यो रामायण
लेख्यौ भने फेरि हिट हुन्छ रावायण
मेरो बाज्याले भनेको
तिमी त्यो बेला
कानमा जनै राखी
पाइखाना जान्थ्यौ रे
कच्छनी फेरि मन्त्र जपी
मात्र भात खान्थौ रे
अहिले त
बहुन हुन् कि क्षेत्री
टुपी सबैले फालिसके
जनै पनि टुकैचामा हालिसके
त्यसैले अब तिमी पनि
सुरुवाल भोटी खोल बाज्या
सुरुवाल भोटी खोल
नेपाली होइन अब
अंग्रेजी बोल बाज्या बोल
सुटबुट लाऊ बाज्या सुटबुट
अनिी हुन्छ सभ्य नागरिकसंग
बसउठ
टाइ लाऊ बाज्या टाइ
अनी मात्र हुन्छ तिम्रो हाइ हाइ ।

शुभ्या छ बाज्या शुभ्या
ब्यर्थै बाटोमा हामी किन उभ्या
लौ आज यतै हिडेर जाम
बाटोघाटो यहाँ सधैं जाम
गाडीहरूको छ लामो लाम
उडुस उपैयाले नटोके पनि
टोके मच्छेरले टोक्ला
तिमीले गीत गाउला
यो पासाले ताली ठोक्ला
धान फल्ने खेतमा अब
घर फले पछि
मेरो पनि के छ र काम ?
जे परे पर्ला बाज्या आज
हाम्रै घर जाम
बियर, ह्वस्कीसँग
टन्न मम चटामरी खाम ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x