साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य समाजको ७७ औँ शुङ्खला

Nepal Telecom ad

काठमाडौं, साउन । सामाखुसी साहित्य समाजद्वारा आयोजित विविध साहित्यिक कार्यक्रमको ७७ औ श्रृङ्खला शनिबार प्राज्ञ दिनेशराज पन्तको प्रमुख अतिथ्य र समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भयो ।

कार्यक्रममा कवि रामचन्द्र न्यौपाने वनवासीको ‘मेरो बाहुनडाँडा’ नामक गीति काव्यको विमोचन गरिएको थियो । विमोचित कृतिको समीक्षा ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएको थियो ।

कार्यक्रममा चन्द्रवदना घिमिरे, प्रा.डा. गार्गी शर्मा, सीता कार्की बिष्ट, अरुणबहादुर खत्री ‘नदी’, लिलाराज दाहाल, विजयराज न्यौपाने, उदास कार्की, सुशिल राजोपाध्याय, तुलसीराम पोखरेल, कमलराज के.सी., विद्याप्रसाद घिमिरे, उर्मिला पन्त पाण्डेय, दमनबहादुर सिंह, मेनुका पोखरेल, कमला रिसाल ज्योति, अञ्जना पौडेल, जगदिश्वर पोखरेल, कमला श्रेष्ठ लगायत ५८ जनाले आ–आफ्ना रचना वाचन गरेका थिए ।
–प्रस्तुतिः अरुण ‘नदी’ खत्री

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x