सुलसुलेभुटिया अभिनन्दित, गुरुङ सम्मानित
काठमाडौं । होङ्गवान्जी बौद्ध समाज नेपालले चर्चित गायक खेमराज गुरुङलाई सम्मान गरेको छ । जापानस्थित प्रसिद्ध बुद्धिष्ट संस्था निशी होङ्गवान्जीको शाखाको रुपमा नेपालमा क्रियाशील रहँदै आएको समाजले विभिन्न सामाजिक कार्यहरूमा सहभागी भई उल्लेखनीय योगदान दिएबापत गायक गुरुङलाई सम्मानित गरेको हो ।
समाजले विभिन्न सामाजिक कार्यमा योगदान पु¥याएवापत गायक तथा गीतकार कुमार विवाहित, गायक सुसन लामा र सञ्चारकर्मी दिपेशराज थारुलाई पनि सम्मानित गरेको छ । समाजका प्रमुख संरक्षक सोनाम वाङ्दी भुटियाले ताम्रपत्र र खादा अर्पण गरी कलाकार तथा सञ्चारकर्मीलाई सम्मानित गरेका थिए ।
यसै गरी नेपाली हिमालयन म्युजिक सेन्टर नेपालले विश्वभर बौद्ध दर्शनको प्रचारप्रसार र संवद्र्धन गर्नुका साथै सामाजिक कार्यमा समेत विशेष योगदान दिएको भन्दै होङ्गवान्जी बौद्ध समाज नेपालका प्रमुख संरक्षक सोनाम वाङ्दी भुटियालाई सोही समारोहमा अभिनन्दन गरेको थियो । सेन्टरका अध्यक्ष खेमराज गुरुङले अभिनन्दनपत्र समर्पण गरेका थिए । कार्यक्रममा जापानबाट आएका पाहुनाहरूको समेत उपस्थिति रहेको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































