साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मायाजाल

Nepal Telecom ad

तल छ
हजुर बाको सुरुवाल जस्तै सुकेको
माथि छ
बेलुन जस्तै फुकेको
जन्मदै कपाल फुलेको
धन्दा सन्दा नगरि
छ मायाजाल भुलेको
मैले राम्ररी चिनेको
कान्छो छोरो पत्रिका दिनेको ।
एक दिन देखेँ उसलाई
पशुपतिको पाखामा
लुडिबुडी गर्दैथ्यो
एउटी बुढी माउको काखमा
मैले एकान्त पारेर सोधेँ
भाइ तिमी त युवा छौ
तरुनी केटी छोडिकन
महिलासँग पो हिंडेका छौ
यति धेरै युवती हुँदाहुँदै
बुढीमाउसित किन
माया लाउन भिडेका छौ ?
उसले भन्यो
अङ्कल
केटी त पार्कसार्कमा आउँदैनन्
खाली रेस्टुराँ मात्र खोज्छन्
रेस्टुराँ लग्यो भने त
बर्गर पिजा रोज्छन्
खल्ती रित्तो पारेपछि
फेरि अर्कैतिर सोच्छन्
राम्रीहरूलाई त भटभटे चाहिन्छ
वा त साइकलमा चढ्छन्
आफूलाई झन यो कसरी पाइन्छ
बरु यस्तै यस्तै खोज्यो भने
यिनैले नै तान्छन्
रेस्टुराँ जानु पर्यो भने पनि
यिनैले नै लान्छन्
आफूले त यिनले भने जस्तै गर्ने हो
माया पिरमले मनदेखि तनसम्म टन्न भर्ने हो
फेरि आफू त नयाँ युवा परियो
युवतीलाई फकाउन के गर्ने
त्यति साह्रो थाह पाइँदैन
बुढीमाउलाई त फकाउन केही चाहिँदैन
बुढीमाउ त परफेक्ट छन्
के गर्ने सब आफैं सिकाउँछन्
गर्न आएन भने रामदेवले योगाशन गरे जस्तै
आफैं गरेर देखाउँछन्
प्रेमको कैचीदेखि
मायाको कटारी चलाउन सिक्दै छु
हिजो छुरा चलाइयो, आज खुकुरी नै झिक्दै छु ।
यस्तै हो अङ्कल त्यस्तै हो ताल
कृपया बालाई नभनी दिनु होला
नत्र पाइन्छ गाल ।

ओ हो अहिलेका भुरा कस्ता कस्ता
जन्मदै प्रेममा पाकेर म बुढा जस्ता ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x