साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिबी परेपछि

Nepal Telecom ad

सातपल्ट डिबी भरेपछि
बल्ल बल्ल एकपल्ट पारियो
यस्तो लाग्यो कि जीवनमा
के के नै फारियो
पहिलो पत्र आएपछि
बल्ल बल्ल दोस्रो पत्र आयो
कुर्दा कुर्दा दोस्रो पत्रले
झन्नै सासै खायो
कागज पत्र पनि धौधौले जुटाइयो
त्यसैमा पनि पैसो नहुँदा
आफन्तमा चन्दा नै उठाइयो ।

भिसा अप्लाई गरेपछि
अन्तर्वार्तालाई बोलाउँदै बोलाउँदैन
सोध खोज गर्न जाँदा पनि
कुनै कुरो खुलाउँदैन
कुर्दा कुर्दा
कोही आन्दोलनमा कस्याछन्
कोही अनसनमा बस्याछन्
अमेरिका अमेरिका भन्दा भन्दै
कती पैसो डुबाइ फस्याछन्
बल्ल बल्ल एक दिन
अन्तर्वार्तालाई बोलायो
झ्याप्प भिसा लागेपछि
एक छिन त छोरो टोलायो ।

फेरि आर्को चटारो
ऋण धन गरेर भए पनि
टिकट काटियो
डलर साटियो
अलिक भाको सम्पति पनि
भाइभाइमा बाटियो ।

झिटी झ्याम्टा बोकी
नयाँ मुलुक लागियो
मात्रीभूमिलाई त्यागेर
पातालतिर भागियो
न गाँसको ठेगान छ
न बासको ठेगान छ
कसैले मदत गला कि भन्ने
न कुनै आश ठेगान छ
सस्तो मस्तो कोठा खोजी
दुईचार दिन टेकियो
कहिले नगरेको काम गरी
स्वर्ग पनि देखियो ।

एक दिन बुढीले भनी
न राम्रो बास छ न टन्न छ माम
नेपाल भन्दा दुख गर्न के बस्ने
लौ बुढा बरु नेपालतिरै जाम
भाषा पनि नबुझिने कसरी गर्ने काम
खान लाउन पनि नपुग्ने
कस्तो हो अमेरिकी दाम ।
सङ्घर्ष गर्न आको बुढी सङ्घर्ष गर
हामीले दुख गरे पनि
सन्तानले त सुख पाउलान्
न तिम्रा बा आका थिए
न हाम्रा मामा आउँलान्
भएको धन सम्पत्ति सकिई सक्यो
अब उता पनि के पो बच्याछ
बगाऊ पसिना समाउ डलर
कमसेकम खाको त पच्याछ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x