साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोजेको जात नै हो…

Nepal Telecom ad

के फुर्ति गर्छौ ? खाने दाल भात नै हो
जे गर्नु गर जानेको तिमीले घात नै हो ।

संघीयता, समाजवाद, साम्यवाद सब सुनियो
अन्त्यमा जनताले पाउने लात नै हो ।

कालापानीमा फाटेको छाती लिपूलेकमा डड्यो
जति ठूला कुरा गर तिम्ले खोजेको जात नै हो ।

दिन भरि राष्ट्रियताका गीत गाएर
तीनतारे होटलमा वार्ता गर्ने रात नै हो ।

समावेशीपन पनि देखियो टेवलमुनिको लेनदेन
जित न हार माथि पर्ने तिम्रो हात नै हो ।

राजनीति गर्न मुड्की चाहिन्छ नभनेको मात्र
अन्त्यमा तिमीले चाहेको पैसाको खात नै हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x